Friday March 21, 2025

दोहोरी कलाकार चोलेन्द्र र कला बेलायत आईपुगे

२४ असार, २०८१ शीतलपाटीन्युज डटकम। 1497


दोहोरी कलाकार चोलेन्द्र र कला बेलायत आईपुगे

शीतलपाटीन्युज डटकम।

लन्डन। लोक तथा दोहोरी कलाकार चोलेन्द्र पौडेल र कला लम्साल बेलायत आइपुगेका छन्। उनीहरु शनिबाार ६ तारिखमा लन्डनको हिथ्रो एयरपोर्ट ओर्लिएका हुन्।

कलाकारद्वयको स्वागतका लागि हेम साइथ,कल्पना गुरुङलगायत विमानस्थल पुगेका थिए। उनीहरु नेपालब्रिटेन डट कमको वार्षिक समारोहलगायत कार्यक्रमका लागि लण्डन आएका हुन्।

लोकदोहोरीमा ख्यातिप्राप्त चोलेन्द्र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठा नेपालका पूर्वकेन्द्रीय उपमहासचिव र कला वर्तमान केन्द्रीय सदस्य हुन्।

बेलायत आइसकेपछि चोलेन्द्रले लोकपारखीहरुसँग भेट हुने आशा व्यक्त गरेका छन्। 'हामी सकुशल युके आइपुगेका छौं। सम्पूर्ण लोक तथा दोहोरी पारखी मनहरुसँग पक्कै हाम्रो भेट हुनेछ,' उनले फेसबुकमा लेखेका छन्।

(gurkhamedia)



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?