२५ असार, २०८१
शीतलपाटीन्युज डटकम।
सोनिड्गलेन, रेडिड्ग युके।भारी वर्षाका कारण ७औ पीपल नेपाल कप टी-२० क्रिकेटको फाइनल खेल स्थगित भयको छ।पोखरेली मञ्च युकेले आयोजना गरेकोसातौँ पीपल नेपाल कप टी-२० क्रिकेट कप प्रतियोगिताको सेमिफाइनल र फाइनल खेल भारी वर्षाका कारण स्थगित भएको हो।
७ जुलाई आईतवारका लागि तोकिएको फाइनल खेल खराब मौसमकारण स्थगित भएको पोखरेली मञ्च युकेका अध्यक्ष करम गुरुङले जानकारी दिनु भयको हो। ७औ'नेपाल पीपल टी-२० क्रिकेट प्रतियोगिता अन्तर्गत ३० जुन र ३ जुलाईको खेल सम्पन्न भयको थियो भने ७ जुलाईमा फाइनल म्याच हुँने तालिका राखिएको थियो। तर मौसमको गडबडी, अम्पायरहरुको निर्णय र ग्राउन्ड म्यानेजमेन्टको निर्णयले गर्दा दुवै सेमिफाइनल र फाइनलका खेलहरु हुन सकेन।
अध्यक्ष गुरुङले स्थगित खेल अब कहिले हुने भन्ने विषय क्लब र सरोकारवालासँग छलफल गरेर टुंगो लाग्ने बताए। मौषमका कारणले नै साथ नदिएपछि अर्को उपयुक्त समय निकालेर खेल हुन्छ। सो अवसरमा अध्यक्ष गुरुङले सातौं पीपल नेपाल कपलाई माया गर्ने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई पोखरेली मञ्च युके र आफ्नो व्यक्ति तर्फबाट धन्यवाद समेत ज्ञापन गर्नु । रेडिङ क्रिकेट एन्ड हक्की क्लब सोनिड्ग लेनमा भइरहेको उक्त प्रतियोगिताको मुख्य प्रायोजक पीपल मोर्टगेजका सूर्य गुरुङ रहेका छन्। पीपलले सन् २०१६ देखि नै प्रायोजन गर्दै आएको छ। प्रतियोगिताको विजेताले एक हजार ५०० पाउन्डसहित रनिङसिल्ड तथा उपविजेताले ७०० पाउन्ड प्राप्त गर्नेछन् । यसैगरी, प्रतियोगिताको उत्कृष्ट खेलाडी, बेस्ट बलर र बेस्ट ब्याट्सम्यानले जनही १५० पाउन्डका साथमा ट्रफी पाउने ब्यवस्था छ। हरेक खेलको म्यान अफ द म्याचलाई ट्रफी प्रदान तथा रेफ्रीलाई मायाको चिनो प्रदान गरिने अध्यक्ष गुरुङले बताएका छन।
प्रतियोगितामा ९ टीमले हिमालयन क्रिकेट क्लब,नयाँ युवा क्रिकेट क्लब,क्वीन्स गोर्खा सिंगल्स क्रिकेट क्लब, नेप्लिज वारियर क्रिकेट क्लब, खुकुरी क्रिकेट क्लब तथा रमाइलो क्रिकेट क्लबको सहभागिता रहेको छ।
कार्यक्रमको कोअर्डिनेटर मञ्चका उपाध्यक्ष पवित्र गुरुङ, टिम कोअर्डिनेटर विनय पुन, प्रकाश गुरुङ र भीम महेन्द्र गुरुङ तथा भिडियो/क्यामेरामा दिपु गुरुङ रहेको सो खेलमा मिडिया कोअर्डिनेटरमा गोर्खा मिडीया डाईरेक्टर मिलन तमु गुरुड्ग र शीतलपाटीन्युजका सम्पादक वाचस्पति रेग्मी छन्।
खेललाई मनोरन्जनात्मक बनाउन पोखरेली मंच युकेका पदाधिकारीहरु,रेडिड्ग नेपाली समाजका पदाधिकारीहरु, बगर भाईखलक युकेका पदाधिकारीहरु,सहारा युकेका पदाधिकारीहरु, तमुधि युकेका पदाधिकारीहरु र खेलप्रेमी दर्शकहरुको उपस्थिती रहेको सो खेल मैदान बर्षाका कारण खेल स्थगित भयो।