२६ असार, २०८१
शीतलपाटीन्युज डटकम।
लन्डन। पश्चिम नेपालको पर्वत जिल्लाबाट लण्डन बसोबास गरेका नेपालीहरुको सामाजीक संस्था पर्वत वेलफेयर सोसाइटी यूकेले पर्वत जिल्लास्थित विपन्न वालवालिकाको पठनपाठन सहयोगार्थ एक च्यारिटी डिनर कार्यक्रम भब्य सम्पन्न गर्यो।
अल्डरसटस्थित एम्पायर हलमा गत आइतबार आयोजित च्यारिटी डिनरमा पर्वतका नागरीकहरु,गैर पर्वतका नेपालीहरुको उल्लेख्य उपस्थिती र च्यारीटीमा उत्साहजन्य सहयोग प्राप्त भयको कुरा सोसाईटीकी अध्यक्ष अप्सरा गुरुड्गले बताउनु भयो।
नेपाली राजदुताबास लण्डनको उपनियोग प्रमुख डिपुटी चिफ अफ मिसन रोसन खनाल प्रमुख अतिथि रहेको सो कार्यक्रमको सभापतित्व पर्वत वयलफेयर सोसाईटी युकेको अध्यक्ष अप्सरा गुरुड्गको अध्यक्षतामा भएको र सोसाईटीका महासचिव संजय भण्डारीले उपस्थित पाहुनाहरुलाई स्वागत गर्दै आसनग्रहण गराएर कार्यक्रम संचालन गर्नु भयको थियो।
सो अवसरमा औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी लन्डनस्थित नेपाली दूतावासकी उपनियोग प्रमुख रोशन खनालले भविष्यका कर्णधार बालबालिका,मातृभूमि र गृहजिल्लाको विकासमा सोसाइटीले खेलेको भूमिका उकृष्ट रहेको जनाउंदै दूतावासबाट सधैं सहयोग,सदभाव र शुभेच्छा रहने बताउनु भएको थियो। त्यस्तै सोसाईटीका सल्लाहकार एवं एनआरएनए अभियन्ता कुल आचार्यले बिगतमा आफू उपाध्यक्षसम्म रही काम गरेको संस्थाले आफनो गाउंका लागि सहयोग गर्ने जमर्को गरेकोमा मुक्तकण्ठले प्रशंसा गर्नु भयको थियो।आचार्यले गैर आवासीय नेपाली नागरिकता लिएर पनि उपयोग गर्न संविधानले दिएको अधिकार सहितको नागरिकता व्यवहारिक रुपमा कार्यान्वयनमा ल्याउन पहल भइरहेको बताउनु भयको थियो।
त्यस्तैगरी अन्तराष्ट्रिय पर्वत समाजका संस्थापक अध्यक्ष पुरन गिरीले च्यारीटी सहयोगको लागि ५० हजार अफर गर्दै २२ वर्षअघि स्थापित संस्थामा आफूले ६ वर्ष नेतृत्व गरेको र अहिले परिपक्व भएर धेरै उदाहरणीय कार्य गरेको बताउनु भयको थियो। सामाजिक उद्देश्य पुरा गर्न जन्माईएको संस्थाले उदेश्य अनुरुप काम गरी रहदा आफूलाई गर्व लागेको गिरीको धारणा थियो।
सोसाइटीको अध्यक्ष अप्सरा गुरुङले सहयोगदाता र सहभागी सबैप्रति धन्यवाद व्यक्त गर्दै समाज विकासको मेरुदण्ड शिक्षा रहेपनि अल्पसंख्यक अनाथ बालबालिका अझै पनि शिक्षाबाट वन्चित रहेकाले जिल्लाका विपन्न विधार्थीहरुलाई सहयोग गर्न च्यारिटी गरिएको बताउनु भयको थियो। उहाले दुई दुर्गम नगरपालिका बिहादी र मोदीका १९४ बालबालिकालाई सहयोग अति जरुरी रहेको पहिचान गरिएको बताउंदै संकलित रकम सम्बन्धित वर्गमा छिट्टै पुर्याइने बिश्वास दिलाउनु भयको थियो।सो संबोधनका अवसरमा अध्यक्ष गुरुङले जनही विधार्थीलाई ४००० रुपैंया बराबरको स्टेशनरी सामग्री र पोशाक पनि दिइने योजना रहेको पनि बताउनु भयको थियो।
संबोधन गर्ने एनआरएनए यूके अध्यक्ष तथा सोसाइटीका संस्थापक अध्यक्ष हितकाजी गुरुङ,पूर्व अध्यक्ष एवं अन्तराष्ट्रिय पर्वत समाजका वरिष्ठ उपाध्यक्ष दधी आचार्य,तमुधिं यूके अध्यक्ष हरि गुरुङ,सल्लाहकार एवम चारभंज्याड्ग अन्तराष्ट्रिय तमु समाज अध्यक्ष ले. रि.चन्द्र बहादुर गुरुङ,पुर्व मेयर एवम काउन्सीलर डा.जगन्नाथ शर्मा लगायतले सोसाइटीको च्यारिटी उद्देश्यको प्रशंसा गर्दै महान कार्यका लागि शुभकामना दिनु भयको थियो।
सोसाइटीका वरिष्ठ उपाध्यक्ष सुरज पौडेलले शुभकामना मन्तब्य राख्नु भयको सो कार्यक्रममा पर्वतका विभिन्न गाउंपालिकाका विद्यालयलाई सम्पर्क गरि त्यहांस्थित जेहेन्दार र न्यून आय भएका करिब ४ सय विद्यार्थीको विवरण संकलन गरिएको र तिनलाई कापी कलम,पोशाक लगायत सामग्री प्रदान गर्ने लक्ष्य राखिएको बताउनु भयको थियो।
संस्थाका कोषाध्यक्ष भिमलाल भट्टराई र उपाध्यक्ष भरत पौड्यालको संयोजनमा पाहुना स्वागत र स्वादिष्ट खानाको ब्यवस्था मिलाईएको सो च्यारिटी डिनरमा पर्वत अन्तराष्ट्रिय समाजका संरक्षक पुरण गिरीबाट ५० हजार र पूर्व अध्यक्ष एवं अन्तराष्ट्रिय पर्वत समाजका वरिष्ठ उपाध्यक्ष दधी आचार्यको संस्थाबाट ७५ हजार १११ समेत गरि करिव १३ हजार पाउन्ड संकलन भएको र संकलको क्रम जारी रहेको जनाउनु भयको छ।
भरपुर मनोरन्जन हुने गरी संचालन गरिएको सांस्कृतिक कार्यक्रमका सिलसिलामा नेपालका राष्ट्रिय कलाकारहरु रेनुका भट्टराई,कला लम्साल, ललिता पुन मगर,राजन गुरुङ लगायतले गायन प्रस्तुत गरेका थिए। डान्सर अस्मिता रानासहित कृतिका आचार्य र स्थानीय कलाकारले विभिन्न आकर्षक नृत्य देखाएका थिए भने ढाकाकुमारी भट्टराईले मातृभूमि झल्काउने कविता वाचन गरेकी थिइन।
करिब ३५० सहभागीहरुको उपस्थिती रहेको कार्यक्रममा तमुधि युकेका पुर्व अध्यक्ष ज्ञाम गुरुड्ग,चारभन्ज्याड्ग तमु समाजका पुर्व अध्यक्ष रि मेजर कृष्ण बहादुर गुरुड्ग,पर्वत वयलफेयर सोसाइटीका पुर्व अध्यक्ष नेत्र आले, सहारा युकेका अध्यक्ष कृष्ण गुरुड्ग, सहारा युके पुर्व अध्यक्ष कुसाड्ग गुरुड्ग,तमु समाज बेलायतका संस्थापक चित्र बहादुर गुरुड्ग,तमु समाज बेलायतका पुर्व अध्यक्ष शिव गुरुड्ग, शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरका अध्यक्ष बिक्रम भट्टराई, गुरु मदुसुदन सत्याल,पत्रकारहरुमा FNJ UK अध्यक्ष एवम अन्नपुर्ण संबाददाता ध्रुबराज अर्याल, FNJ UK पुर्व अध्यक्ष एवम कान्तिपुर संबाददाता नविन पोखरेल,रातोपाटी संबाददाता नरेन्द्र बस्नेत, गोर्खा मिडीया डाइरेक्टर मिलन तमु गुरुड्ग तथा शीतलपाटीन्युजका सम्पादक बाचस्पति रेग्मी समेत थिए।
साथै पर्वत समाजका अन्तराष्ट्रिय अध्यक्ष गुणराज शर्मा गुरांसको शुभकामना सन्देश पनि पढेर सुनाएको थियो।