२७ असार, २०८१
शीतलपाटीन्युज डटकम।
लण्डन। स्कटल्याण्डमा प्रवासी नेपाली मञ्च स्कटल्याण्डको क्षेत्रीय अधिवेशन सम्पन्न भएको छ। नारायण पहारी (जोनी) को अध्यक्षतामा मंगलवार सम्पन्न भएको अधिवेशनले मोती खरेलको अध्यक्षतामा १३ सदस्यीय क्षेत्रीय समिति निर्वाचित गरेको छ।
अधिवेशनमा ओएनएफ अन्तर्राष्ट्रिय समितिको सदस्य तथा कला,साहित्य र सांस्कृतिक विभाग प्रमुख र ओएनएफ राष्ट्रिय समिति यूकेकी इन्चार्ज सरस्वती केसी, राष्ट्रिय समिति यूकेका अध्यक्ष तुंगभद्र भुषाल र संगठन विभागका अध्यक्ष बालकृष्ण भुषाल अतिथिको रूपमा सहभागी हुनु भएको थियो।
त्यसैगरी राष्ट्रिय समिति यूकेका केन्द्रीय सदस्यहरू विदुर खत्री,पशुपति पोख्रेल, बिष्णु बराल र तारानाथ भण्डारी पनि सहभागी भएका थिए। कार्यक्रममा राष्ट्रिय समिति यूकेका सल्लाहकारहरू उद्धव भट्टराई र राम बगालेको पनि सहभागिता रहेको थियो।
एनआरएनए इङ्गल्याण्ड राज्य समन्वय समिति र स्कटल्याण्ड राज्य समन्वय समितिका अध्यक्षहरू शम्भु अर्याल र दिवाकर पाण्डे,एनआरएनए स्कटल्याण्डकी उपाध्यक्ष कमला श्रेष्ठ,नेपाल स्कटल्याण्ड एसोसिएसनका अध्यक्ष विजय डंगोल र विदुर चापागाईं पनि कार्यक्रममा सहभागी भएका थिए।
मञ्चको क्षेत्रीय समिति स्कटल्याण्डको तेस्रो अधिवेशनले निवर्तमान सचिव क.मोती खरेलको अध्यक्षतामा ११ जनाको प्रवासी नेपाली मञ्च स्कटल्याण्ड क्षेत्रीय समिति गठन गरिएको छ।
यस्तै कार्यसमितिको उपाध्यक्ष यज्ञमुर्ती ढकाल,सचिव महेश पांडे,सहसचिव नबराज पोख्रेल,कोषाध्यक्ष थरिन्द्र घिमिरे, सहकोषाध्यक्ष तुल्सीराम न्यौपाने र सदस्यहरू दिपक भटराई,तिल रायमाझी,कबिन्द्र बस्याल, मेख लामा र पोष्टराज सुबेदी छन्।