Friday February 07, 2025

प्रवासी नेपाली मञ्च, स्कटल्यान्ड क्षेत्रिय समितिको तेस्रो अधिबेशन सम्पन्न

२७ असार, २०८१ शीतलपाटीन्युज डटकम। 1365


प्रवासी नेपाली मञ्च, स्कटल्यान्ड क्षेत्रिय समितिको तेस्रो अधिबेशन सम्पन्न

शीतलपाटीन्युज डटकम।
स्कटलैण्ड।०८/०७/२०२४ का दिन स्कटल्याण्डमा प्रवासी नेपाली मञ्च स्कटल्यान्ड(ONF) को क्षेत्रिय अधिबेशन सम्पन्न भयो। नारायण पहारी(जोनी) कोअध्यक्षतामा सम्पन्न यस अधिबेशनले मोती खरेलको अध्यक्षतामा १३ सदस्यीय क्षेत्रिय कमिटी निर्बाचित गरेको छ।

यस अधिबेशनमा ONF अन्तराश्टिय कमिटीको सदस्य तथा कला,साहित्य र सांस्कृतिक बिभाग प्रमुख तथा ONF राष्टिय कमिटी युकेको ईन्चार्ज सरस्वती केसी,राष्टिय कमिटी युकेका अध्यक्ष तुंगभद्र भुषाल,संगठन बिभागको अध्यक्ष बालकृष्ण भुषाल यस अधिबेशनमा अथितीको रूपमा सहभागी रहनु भएको थियो। अन्तर्राष्टिय तथा कमिटीबाट सहभागी अथितीहरूले यो मंचको ऊच्च मुल्यॉङ्कन गरेको र भबिष्यमा पनि यो मच अझै शसक्त रहोस भन्दै शुभकामना दिनु भएको थियो। 

त्यल्तै गरि राष्दिय कमिटी युकेका केन्द्रीय सदस्यहरु बिदुर खत्री,पशुपती पोख्रेल,बिष्णु बराल र तारानाथ भण्डारीको सहभागीता थियो। यस कार्यक्रममा राष्टिय कमिटी युकेका सल्लाहकारहरू ऊद्धब भट्टराई र राम बगालेको पनि सहभागीता रहेको थियो। राष्टिय कमिटीका सल्लाहकारहरू र सदस्यहरूले नवनिर्बाचित कमिटीलाई मार्गनिर्देश गर्दै सफल कार्यकालको शुभकामना मन्तब्य दिनु भएको थियो।

एनआरएनए ईंगल्याड राज्य समन्वय समिती र स्कटल्याण्ड राज्य समन्वय समितीका अध्यक्षहरू शम्भु अर्याल र दिवाकर पांडेको पनि ऊपस्थिती रहेको यस अधिबेशनमा एनआरएनए  स्कटल्याण्डकी ऊपाध्यक्ष कमला श्रेष्ठको पनि सहभागीता रहेको थियो। प्रवासी नेपाली मञ्च स्कटल्यान्ड(ONF) ले NRNA Electionमा खेलेको भूमीकाको प्रशंसा गरीएको थियो।
यस अधिबेशनमा अथितीको रूपमा निम्त्याईएका Nepal Scotland Association का अध्यक्ष बिजय डंगोल र बिदुर चापागांई सहभागी रहेको यो अधिबेशन र बनभोज निकै मनोरम बाताबरणमा सम्पन्न  भयो।

Overseas Nepalese Forum regional committee Scotland को तेस्रो अधिबेशनबाट  निवर्तमान सचिव मोती खरेलको अध्यक्षतामा ११ जनाको प्रवासी नेपाली मञ्च स्कटल्यान्ड क्षेत्रिय समिती गठन गरीएको छ।
1.अध्यक्ष: मोती खरेल
2.उपाध्यक्ष: यज्ञमुर्ती ढकाल
3.सचीब:महेश पांडे
4.सहसचिब : नबराज पोख्रेल
5.कोषाध्यक्ष :थरिन्द्र घिमिरे
6.सहकोषाध्यक्ष :तुल्सीराम न्यौपाने
7.सदस्य :दिपक भटराई
8. सदस्य:तिल रायमाझी
9.सदस्य:कबिन्द्र बस्याल
10.सदस्य:मेख लामा
11.सदस्य:पोष्टराज सुबेदी



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?