३० असार, २०८१
शीतलपाटीन्युज डटकम।
लण्डन। पाल्पा जिल्ला समाज युकेका अध्यक्ष गोपाल थापाको अध्यक्षतामा पाल्पा जिल्ला समाज युकेको बार्षिक भेला भब्य सम्पन्न भयको समाचार छ।कार्यक्रममा प्रमुख अतिथि नेपाली राजदुतावासवाट डिपुटी चिफ अफ मिसन रोशन खनाल रहनु भयको थियो।
समाजका महासचिब दल बहादुर सोमरे मगरले पाहुनाहरुलाई स्वागत गर्दै शुरु गरीएको सो कार्यक्रममा तनहुँ समाज युकेका अध्यक्ष केशर राना,गुल्मी जिल्ला समाज युकेका अध्यक्ष रुद्र थापामगर,रि.ले.कर्णेल याम राना, रि.ले.कर्णेल टोल खाम्चा,समाज युकेका सल्लाहकार एवं ननिटन एण्ड वेडवर्थ काउन्सिलका उपमेयर भीम सारुमगर तथा उपमेयरेस सर्मिला सारुमगर विशेष अतिथीको उपस्थितिमा मनाइएको उक्त कार्यक्रममा बेलायत भरि छरिएर रहेका पाल्पालीहरुको बाक्लो सहभागिता रहेको थियो।
६ जुलाई २०२४ शनिवारको दिनमा लण्डनको फेलथाम स्थित बोरोनेल्सको हलमा पाल्पा जिल्ला समाज युकेले विविध मनोरन्जनात्मक कार्यक्रम साथ वार्षिक भेटघाट कार्यक्रम सम्पन्न गरेको हो।
संस्थाका अध्यक्ष गोपाल थापा र कार्यक्रमका मुख्य अतिथि रोशन खनालले संयुक्त रूपमा दीप प्रज्वलन गरी कार्यक्रम उद्घाटन गर्नु भयको सो कार्यक्रममा समाजका पेट्रोन एवम पुर्व अध्यक्ष वम बहादुर थापा सूर्यवंशीमगरले उपस्थित सम्पूर्ण पाहुना र बेलायत भरि छरिएर रहेका पाल्पालीहरुलाई कार्यक्रममा स्वागत गर्नु भयको थियो। प्रवेशद्वारमा कोषाध्यक्ष पदम पचाभैया र आर्थिक विभाग टिमले कार्यक्रममा पाल्नु हुने महानुभावजनहरुलाई भब्य र ब्यवस्थित रुपमा स्वागतको ब्यबस्था मिलाईएको थियो।
सो अवसरमा पाल्पा जिल्ला समाज युकेका सल्लाहकार एवं ननिटन एण्ड वेडवर्थ काउन्सिलका उपमेयर भीम सारुमगर तथा उपमेयरेस सर्मिला सारुमगरलाई बेलायतवासी पाल्पालीहरुले भब्य सम्मान गरीएको थियो।
कार्यक्रममा राफल ड्रको बिशेष आकर्षण रहेको थियो। सस्थाका उपाधक्ष लक्ष्मी आलेको पहलमा राफलको लागि पुरुस्कार राखिएको थियो। एक देखि चार सम्म सुन र सुनका गहनाको पुरुस्कार राखिएको थियो भने अन्य १४ वटा पुरुस्कारहरु पाल्पालीहरुवाट स्पोन्सर गरिएको थियो । जस्मा पहिलो पुरस्कार सस्थाका पेट्रोन रिखिराम रानाको पहलमा द प्यालेसवाट आधा तोला सुन,दोस्रो पुरस्कार अनुग्रह जेवेलर्सवाट सुनको गहना,तेस्रोमा समाजका पेट्रोन वम थापा सूर्यवंशीमगरको पहलमा “थापा एण्ड कम्पनि लण्डन लिमिटेडवाट” सुनको गहना चौथोमा नबिन एण्ड नबिन जेवेलर्सवाट सुनको गहना र अन्य पाल्पालीहरुवाट १४ आकर्षण पुरस्कारहरु राखिएको थियो।
सास्कृतिक सचिव बिष्णु सूर्यवंशीमगरको सास्कृतिक कार्यक्रम सञ्चालन गरेका थिए।तिन जना पाल्पाली चेलीहरु दिलमाया राना, सुजाता थापा सूर्यवंशीमगर, सुनिता सूर्यवंशीमगर हरुको विभिन्न नाचबाट सुरु गरिएको सांस्कृतिक कार्यक्रममा नेपालबाट आएका नेपालका राष्ट्रिय कलाकारहरू चर्चित लोक दोहारी गायक वसन्त लम्साल, गायिका जमुना राना गायिका,सपना गाहामगरले आफ्ना बेजोड प्रस्तुति दिएका थिए।
पाल्पा जिल्ल्ला समाजका संस्थापक अध्यक्ष रिसीराम राना, पुर्व अध्यक्ष एवम पेट्रोन स्याम लिह राना, पुर्व अध्यक्ष बाचस्पति रेग्मी समेतको उपस्थिती रहेको बार्षिक कार्यक्रममा समाजका अध्यक्ष गोपाल थापाले कार्यक्रममा सहभागी भई कार्यक्रमलाई भब्यरुपमा सफल बनाउनमा प्रत्यक्ष रुपमा सहभागी भई अहम् भूमिका निर्वाह गर्नुहुने कार्यसमितिका सम्पूर्ण पदाधिकारीहरु कार्यसमितिका सदस्यहरु कार्यसमितिका सल्लाहकारसहित कम्युनिटीको सबै मेम्बरहरु,राफलको लागि पुरुस्कार दिनु हुने सम्पूर्ण महानुभावहरु,बेजोड प्रस्तुति दिनु हुने सम्पूर्ण कलाकारहरु,मिठो खानाको व्यवस्थापन गर्नु हुने “द प्यालेश रेस्टुरेन्टलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको समापन भएको घोषणा भयको थियो।