Friday February 07, 2025

नवनियुक्त प्रधानमन्त्री ओलीले लिए आज शपथ

३२ असार, २०८१ शीतलपाटीन्युज डटकम। 1413


नवनियुक्त प्रधानमन्त्री ओलीले लिए आज शपथ

शीतलपाटीन्युज डटकम।
काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ आज लिएका छन् ।
आज सोमबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रधानमन्त्री ओलीले पद तथा गोपनीयताको शपथ लिएको हो। 
प्रधानमन्त्री ओलीले देशको ४५ औँ प्रधानमन्त्रीका रूपमा शपथ लिएका हुन् ।शपथ ग्रहण समारोहमा उपराष्ट्रपति, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, पूर्वप्रधानमन्त्रीहरु,सांसद, कूटनीतिक नियोगका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो। 
राष्ट्रपति पौडेलले आइतबार नेपालको संविधानको धारा ७६ (२) बमोजिम नेपाली कांग्रेस र नेकपा (एमाले) को समर्थनमा एमालेका अध्यक्ष ओलीलाई आइतबार प्रधानमन्त्रीका रूपमा नियुक्त गरेका थिए।

प्रतिनिधिसभाका दुई ठुला राजनीतिक दल कांग्रेस र एमालेबिचको यही असार १७ गते भएको सहमतिका आधारमा प्रचण्डलाई विस्वासको मत नपुगेको कारण ओली प्रधानमन्त्री बनेका हुन्।

नया मन्त्री मण्डल-
हार्दिक बधाई एवम शुभकामना 
खड्ग प्रसाद ओली - प्रधानमन्त्री
विष्णु प्रसाद पौडेल –  उपप्रधान तथा अर्थ  
प्रकाशमान सिंह – उपप्रधान तथा सहरी विकास 
पृथ्वीसुब्बा गुरुङ – सुचना तथा सञ्चार 
रमेश लेखक – गृह 
शरतसिंह भण्डारी – श्रम 
आरजु राणा – परराष्ट्र 
प्रदीप यादव – खानेपानी 
बलराम अधिकारी – भूमि 
दामोदार भण्डारी – उद्योग 
नवलकिशोर साह सुडी – महिला, बालबालिका तथा समाज कल्याण 
देवेन्द्र दाहाल – भौतिक पूर्वाधार तथा यातायात 
तेजुलाल चौधरी – युवा तथा खेलकुद
अजय चौरसिया – कानुन 
विद्या भट्टराई – शिक्षा
मानवीर राई – रक्षा
दीपक खड्का – ऊर्जा 
राजकुमार गुप्ता – संघीय मामिला तथा सामान्य प्रसासन 
ऐनबहादुर शाही – वन

नव नियुक्त प्रधानमन्त्री, उपप्रधान मन्त्री तथा मन्त्रीहरुलाई हार्दिक बधाई एवम शुभकामना ।
(रातोपाटीबाट)



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?