Saturday February 08, 2025

नेपाली साहित्य विकास परिषद् यूकेको अध्यक्षमा पुन: कोमल मल्ल श्रेष्ठ

७ श्रावण, २०८१ शीतलपाटीन्युज डटकम। 1473


नेपाली साहित्य विकास परिषद् यूकेको अध्यक्षमा पुन: कोमल मल्ल श्रेष्ठ

शीतलपाटीन्युज डटकम।

लन्डन। बेलायतस्थित नेपालीहरूको जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद् यूकेको २८औँ साधारण सभाले आगामी दुई वर्षका लागि १४औँ कार्यसमिति चयन गरेको छ।वेस्ट लन्डनको एक्टनस्थित एबिआई कलेजमा सम्पन्न परिषद्को साधारणसभाबाट कोमलप्रसाद श्रेष्ठ मल्लको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको हो ।  


कार्यसमितिको वरिष्ठ सह-अध्यक्षमा ध्रुव केसी र पाँचजना सह-अध्यक्षहरूमा वसन्त रायक्षेत्री,वीरेन्द्र कुँवर, रेशम अर्याल,गोकुल भण्डारी र वाचस्पति रेग्मी चुनिएका छन्। साथै दुई जना उपाध्यक्षमा डम्बर सिंह ‘प्रयास’ र डा. संगीता श्रेष्ठ ‘स्वेच्छा’ चुनिएका छन। 

यसैगरी महासचिवमा डा.सुधा श्रेष्ठ र वरिष्ठ कोषाध्यक्षमा मनोज अन्जान एवं सह महासचिवमा अहिल्या कुँवर चुनिएकी छन्। कार्यकारिणी सदस्यहरूमा हरि केसी, वासुदेव सापकोटा,रुक्मिणी मानन्धर तथा मिडिया कोअर्डिनेटरहरूमा नवीन पोखरेल र नरेश खापाङ्गी मगर चुनिएका छन् ।

यसैगरी १६ सदस्यीय सल्लाहकार समितिमा प्रमुख सल्लाहकार डा.राघवप्रसाद धिताल ओबिई,सल्लाहकारहरूमा सुरेशजङ्ग शाह,हरिसिंह थापा, खगेन्द्र नेपाली, हरिविभोर कार्की,मदन थापा, घनबहादुर थापा मगर,विजय थापा,डा.गोपाल पौडेल,कृष्ण भट्ट,पिपला पाण्डे देवान,डा. जनककुमारी धिताल, हिन्दमैञा वैद्य,कमल भण्डारी, बालजंग अर्याल र पशुपति भण्डारी छन्। 

कार्यसमिति निर्वाचनका लागि परिषद्का संस्थापक तथा निवर्तमान अध्यक्ष सुरेशजङ्ग शाहको अध्यक्षतामा प्रमुख सल्लाहकार डा. राघवप्रसाद धिताल ओबिई,पूर्व अध्यक्षद्वय  हरिसिंह थापा,खगेन्द्र नेपाली र सल्लाहकारहरू मदन थापा, विजय थापा र कृष्ण भट्ट रहेको ७ सदस्यीय अध्यक्ष मण्डल गठन गरिएको थियो।नव निर्वाचित पदाधिकारीहरूको पद शुसोभन तथा प्रमाणपत्र वितरण अर्को कार्यक्रमको आयोजना गरिने भएको छ ।

यसअघि परिषद्का अध्यक्ष कोमलप्रसाद श्रेष्ठ मल्लको अध्यक्षतामा बसेको साधारण सभाले कोषाध्यक्ष मनोज अन्जानद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन र सहअध्यक्ष तथा कार्यवहाक महासचिव डा. सुधा श्रेष्ठद्वारा प्रस्तुत वार्षिक प्रगति प्रतिवेदन बुँदागत छलफल गरि पारित गरीएको थियो। यसैगरी साधरण सभाले १३औँ कार्यसमितिको कार्यकाल सफल बनाउन परिषद्का हरेक वार्षिक कार्यक्रममा सक्रिय रूपले खटिने कार्यसमितिका पदाधिकारीहरू,प्रमुख सल्लाहकार तथा सल्लाहकारहरू,परिषद्का पदेन संरक्षक महामहिम राजदूत तथा नेपाली राजदूतावास परिवार,कवि तथा कलाकारहरू,परिषद्को नेपाल च्याप्टरका पदाधिकारीहरू,कोसेली नेपाली सांस्कृतिक परिवार यूकेका संस्थापक अध्यक्ष मदन थापा तथा अन्य कलाकारहरू,सयपत्री सांस्कृतिक परिवार यूके अध्यक्ष डम्बसिंह प्रयास र पदाधिकारीहरू,पत्रकारहरू र आर्थिक तथा भौतिक सहयोग गर्ने डा.राघवप्रसाद धिताल ओबिई,डा.जनककुमारी धिताल,खगेन्द्र नेपाली, कृष्ण भट्ट, ध्रुव केसी,घन बहादुर थापा मगर,कृष्णा थापा मगर, हरिसिंह थापा,देवकुमारी थापा,रेशम अर्याल,मनोज अन्जान,गोकुल भण्डारी,ज्ञानेन्द्र राउत,कोहिनूर मल्ल,सितु खरेल,वाचस्पति रेग्मी,नवीन पोखरेल,शिव भण्डारी सबैको सहयोगको सराहना गर्दै धन्यवाद प्रस्ताव पारित गरीएको थियो।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?