Saturday February 08, 2025

निस्सासियको छ नेपाल

७ श्रावण, २०८१ शीतलपाटीन्युज डटकम। 1258


निस्सासियको छ नेपाल

बसन्तराज कुंवर,
काठमाण्डौ।मैले होस सम्महाले देखि आज सम्ममा नेपालि समाज यति निस्सासिएको कहिले देखेको थिइन।जुन समाजमा कोही चैनसंग रहन सकिरहेका छैनन्। कसैले धन्यबाद पाउन सकेका छैनन्। आरोप प्रत्यारोपको भुडंग्रो छ।अपमान बदनामको कम्पीटीसन छ। समाज यस बिच निस्सासिएको छ। 

भएको सरकारलाइ पनि आरोपै आरोप छ,भएका प्रधानमंन्त्री र मंन्त्री प्रति पनि कटाक्ष नै कटाक्ष छ। कर्मचारी तन्त्रले पनि कतै चैनसंग बस्न र काम गर्न पाएको छैन।घरका गृहणीहरुको जिबन महंगी तनाब रोग बिच डिप्रेसनमा जाने स्थीतीमा छ।युबाहरुमा देस कसरी छोड्ने? चटारो छ। उध्योगी ब्यापारीहरु आतंकीत पारीएका छन्। सैक्षिक संस्था अस्तब्यस्त छ,सामाजिक क्षेत्रलाइ पनि आरोपीत गरीएको छ,हीडौ कतै बाटो ठीक छैन, ट्राफिकको ध्यान यातायात ब्यबस्थापन भन्दा ढुकेर डंड गर्नेमा गराउनेमा छ, आतंक छ जताततै,सेबाग्राही कार्यालय तिर दिक्क लाग्ने अब्यबस्थापन छ,नाफा छैन कर बढेको बढै छ,बैंक आतंक त्यस्तै छ,सहकारीले गरीब ठगेको उत्तीकै छ,समाज निस्सासिएको छ। 

अब दोलखा भिमसेनमा पसिना पनि आयो रे। सबका मुखमा कारबाही कालोमोसो,घेराउ ठोक,हाल जेल भन्ने बाहेक केही छैन।हरेकलाइ हरेक  थुन्नु र थुनाउनु छ। सरकारी मेसिनरी र राज्य संचालक प्रति कसैको बिश्वास छैन।जहा काम गर्न लाग्यो त्यॉहा अबरोध छ। समाज निस्सासिएको छ।

यस्तो त पहिला कहिले देखिएको थिएन। समाज बास्तबमै निस्सासिएको छ। पसल खालि खालि छन्,अस्पताल, प्रहरी कार्यालय, अड्डा अदालत र बिदेश पलायन गर्ने कार्यालयहरु मात्र खचाखच छ। समाज बास्तब मै निस्सासिएको छ।समाज बिष्फोटको नजिक भएझै लाग्छ,संकेत देखीन्छ,समाज एक भयानक बिद्रोह र अनहोनिको नजिक छ। 

तल मैले प्रहरीले राजस्व उठाउन सफलता हासिल गरेकोमा गरीएको प्रेस कन्फरेन्सको एक समाचार हालेको छु जहा प्रहरीले सायद धन्यबादको आसा गरेको हुनु पर्दछ तर समाजको बुझाइ ठिक उल्टो छ। तल यस समाचारको कमेन्ट हरु पढौ । कती आक्रोसपुर्ण छन्। समाज अहिले हरेक क्षत्रमा यस्तै आक्रोसमा छ बस् कुरो यत्ती हो,बिष्फोट कताबाट सुरु हुन्छ ????????

(बसन्त कुंवंर,पुर्ब प्रहरी बरिष्ठ उपरिक्षक एवम अध्यक्ष पुर्व नेपाल प्रहरी संगठन)



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?