Saturday February 08, 2025

बेलायत बसोबास गरेका नेपाली खेलाडी संगम तमु मोवाँ थाइ खेलमा बिजयी

८ श्रावण, २०८१ शीतलपाटीन्युज डटकम। 1426


बेलायत बसोबास गरेका नेपाली खेलाडी संगम तमु मोवाँ थाइ खेलमा बिजयी

शीतलपाटीन्युज डटकम।
लन्डन। बेलायतवासी युवा खेलाडी संगम तमुले मोवाँ थाइ खेलमा पुनः विजय हासिल गरेका छन् ।


लन्डनस्थित हर्डफोर्ड सायरमा शनिबार भएको खेलमा प्रतिद्वन्द्वी रोनाल्डलाई हराउँदै उनले जित हासिल गरेका हुन् । यो खेल थाइल्यान्डबाट सुरु भई हाल संसारभरका युवामाझ लोकप्रिय छ। यो खेल किक बक्सिङ खेलजस्तै हो। हातखुट्टा दुबैले हान्नु र रोक्न पाउँछ। तर निकै खतरनाक मानिन्छ। हालसम्म ९ खेलमध्ये २ हार र ७ खेल जितिसकेका छन् संगम तमुले।

लन्डनको क्लबस्तरीय खेल खेल्दै आएका संगम द नओस्ले एकाडेमी क्लबमा आबद्ध छन्।

संगम स्याङ्जा जिल्ला फेदिखोला गाउँपालिका देउराली स्थायी घर भएका तमु समाज युकेका पूर्वअध्यक्ष शिवचन्द्र गुरुङ र मिरा गुरुङका जेठो छोरा हुन्।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?