Monday February 10, 2025

पुर्ब सचिब चन्द्र घिमिरे बेलायतका लागि राजदूत सिफारिस

१४ श्रावण, २०८१ शीतलपाटीन्युज डटकम। 1663


पुर्ब सचिब चन्द्र घिमिरे बेलायतका लागि राजदूत सिफारिस

शीतलपाटीन्युज डटकम।
काठमाडौं- सरकारले बेलायतका लागि नेपाली राजदूतमा पूर्व सचिव चन्द्र घिमिरेलाई सिफारिस गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले बेलायतका लागि घिमिरे,अमेरिकामा लोकदर्शन रेग्मी,दक्षिण कोरियामा शिवमाया तुम्बाहाङ्फे र मलेसियामा डा.नेत्र तिमल्सिना सिफारिस गरेको जनाइएको छ।भारतका लागि नेपाली राजदूतमा भने शंकर शर्मालाई नै निरन्तरता दिने निर्णय भएको छ।

उता सरकारले चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठलाई फिर्ता बोलाएको छ। श्रेष्ठलाई फिर्ता बोलाएर उनको ठाउँमा कृष्णप्रसाद ओलीलाई सिफारिस गरिएको हो।माओवादी केन्द्र निकट श्रेष्ठ कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा राजदूत नियुक्त भएका थिए।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?