Saturday October 23, 2021

साफ च्याम्पियनसिपमा नेपाल अन्तिम मिनेटमा गोल खाँदै पाकिस्तानसँग पराजित

२० भाद्र, २०७५ शीतलपाटीन्युज डटकम 3217



शीतलपाटीन्युज डटकम, काठमाडौँ ।

साफ च्याम्पियनसिपमा नेपाल पाकिस्तानसँग २–१ गोल अन्तरले पराजित भएको छ।  बंगलादेशको बंगबन्धु रंगशालामा मंगलबार अपरान्ह भएको खेलमा पाकिस्तानविरुद्ध नेपालले १–० ले पछि परेको नतिजालाई उल्ट्याएको थियो।

३५औं मिनेटमा नेपालका विराज मजर्हनले डी बक्स भित्र फल गरे पछि पाकिस्तानले पाएको पेनाल्टी गोलमा परिणत गरेको थियो। पाकिस्तानका मोहम्द रियाजले पेनाल्टी मार्फत गोल गर्दै शुरुआती अग्रता दिलाएका थिए। पहिलो हाफमा १–० गोलले पछि परेको नेपालले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गरे पनि बराबरी गोल गर्न ८२औं मिनेट कुर्नु परेको थियो।

८२ औं मिनेटमा निराजन खड्काको पासमा विमल घर्तिमगरले नेपालका लागि बराबरी गोल गरेका थिए।  तर अन्तिम समयमा नेपालले आफूलाई सम्हाल्न नसक्दा पराजित हुन पुग्यो। पाकिस्तानका लागि मोहम्द अलिले खेल सकिन ३० सेकेण्डमात्र बाँकी रहेका बेला निर्णायक गोल गरे। नेपालले अब बिहिबार भुटानसँग प्रतिस्पर्धा गर्ने छ।
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?