Tuesday September 17, 2024

बेलायतमा “साहित्यलाई पाक कलासँग पस्किने” अभियानको शुरुवात

१६ श्रावण, २०८१ शीतलपाटीन्युज डटकम। 1255


बेलायतमा “साहित्यलाई पाक कलासँग पस्किने” अभियानको शुरुवात

शीतलपाटीन्युज डटकम।
लन्डन। साहित्यलाई पाककलासँग पस्किने अभियानको उद्घाटन कार्यक्रम आइतबार बेलायतमा सम्पन्न भयको छ। यो अभियानले नेपाली साहित्यलाई प्रवर्द्धन गर्ने उद्देश्य राख्दछ भने नेपाली खानाप्रतिको साझा रुचिलाई पनि उत्सवको रुपमा मनाउँने छ।


“पुस्तक हस्ताक्षर र लेखक भेट कार्यक्रम आयोजना गर्न पाउँदा हामी निकै उत्साहित छौं । ‘साहित्यलाई पाककलासँग पस्किने’ यो अभियानले नेपाली साहित्यलाई मात्र प्रवर्द्धन गर्दैन, हाम्रो पाककला प्रतिको प्रेमलाई पनि उत्सवको रुपमा मनाउँदछ,”गोर्खा वुडकक इन फेल्ब्रिजका सुरज पाण्डेले भने। “नेपाली खाना बेलायतमा पहिले नै लोकप्रिय छ र अब हामी हाम्रा ग्राहकहरूलाई यी पुस्तक हस्ताक्षर कार्यक्रमहरूको माध्यमबाट नेपाली साहित्यको स्वाद दिन्छौं।आजको कार्यक्रम सुरुवात मात्र हो।हामी आगामी दिनहरूमा धेरै कार्यक्रमहरूको प्रतीक्षा गरिरहेका छौं।”


एक ग्राहकले लेखकलाई भेट्न पाएको र पुस्तकको हस्ताक्षरित प्रतिलिपि किन्ने अवसर पाएकोमा आफु उत्साहित भयको उनले व्यक्त गरे,“हामीलाई प्रायः लेखकहरूसँग भेट्ने मौका मिल्दैन,यो एक अद्भुत अवसर हो।”अर्का उत्साही सहभागीले थपे, “हामी नेपाली खाना मन पराउँछौं र हामीलाई नेपाली साहित्यसँग परिचित गराउने यो कार्य सराहनीय छ। म पुस्तक पढ्न र अमेजनमा समीक्षा लेख्न आतुर छु।”


भर्चुअल रूपमा कार्यक्रममा सहभागी भएका किताबका अनुवादक जयन्त शर्माले भने, “यो पहलले म निकै उत्साहित छु र एक अनुवादकको रुपमा नेपाली साहित्यलाई विश्वमा पुर्याउने हाम्रो सहकार्य यसरी अगाडि बढेको देखेर म रोमाञ्चित छु।”

सङ्गीता स्वेच्छाले कृतज्ञता व्यक्त गर्दै भनिन्, “मेरा कथाहरू मार्फत नेपाली साहित्य साझा गर्नको लागि यो मंच प्रदान गरेकोमा म गोर्खा वुडकक इन फेल्ब्रिजप्रति आभारी छु र यहाँ हुने आगामी पुस्तक हस्ताक्षर कार्यक्रमहरूको लागि निकै उत्साहित पनि छु।”
बुकहिल इन्टरनेशनलले प्रकाशन गरेको सङ्गीता स्वेच्छाको कथा संग्रह,”रोजेज ओडिसी” अप्रिल २०२४ मा बेलायतमा विमोचित भएको थियो। पुस्तक हस्ताक्षर कार्यक्रममा धेरै प्रतिलिपिहरू बिक्रीसँगै यो पुस्तक गैर-नेपाली पाठकहरू माझ लोकप्रिय हुँदै गइरहेको छ।

बेलायतभरि ६ वटा सफल पुस्तक हस्ताक्षर कार्यक्रमहरू यूनिभर्सल पीस फेडेरेशन र फीड द माइन्ड्स जस्ता स्थानहरूमा भइसकेको छ भने लन्डनको फाउन्ड्रीमा (जहाँ तिस भन्दा बढी सामाजिक संस्थाहरु अवस्थित छन्) हुने आगामी कार्यक्रम ‘रोजेज ओडिसी’को लागि अर्को रोमाञ्चक पक्ष संगिता स्वेच्छाको बुझाई छ।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?