Monday February 10, 2025

घान्द्रुक समाज यूकेले आफ्नो १६ औ वार्षिक भेटघाट कार्यक्रम यसरी मनाए।

२२ श्रावण, २०८१ शीतलपाटीन्युज डटकम। 1348


घान्द्रुक समाज यूकेले आफ्नो १६ औ वार्षिक भेटघाट कार्यक्रम यसरी मनाए।

शीतलपाटीन्युज डटकम।
लण्डन।घान्द्रुक समाज युकेले यहि ३ अगष्ट २०२४ शनिबारको दिन फार्नबोरो स्थित साम्युल कोडी स्कूलको हलमा आफ्नो १६ औ वार्षिक समर भेटघाट कार्यक्रम  धुमधामका साथ मनाएको छ।  ३ चरणमा कार्यक्रमको पहिलो चरणको औपचारिक कार्यक्रम घान्द्रुक समाजको अध्यक्ष श्री देब बहादुर गुरुङको अध्यक्षतामा आमन्त्रित विभिन्न संघ संस्थाबाट सहभागी हुन आउनु हुने अतिथिगण र भद्रभलादमीहरुलाई आसन ग्रहण गराएको थियो।

सो पश्चात नेपालको र संयुक्त राज्य बेलायतको राष्ट्रिय धून बजाए पछि यो वर्षमा दिवङ्गत हुनु भएका गाउँलेहरुको मृतात्माहरुको चीर शान्तिको कामना गर्दै एक मिनेट मौन धारण गराएर शुभारम्भ गरेका थिए। शुभारम्भ गर्नु अघि घान्द्रुकको आस्थाको केन्द्र शक्तिपीठ श्री मेश्रम बराहलाई पुजारी पच्यू त्रेय देव बहादुर गुरुङ आफै, कृष्ण गुरुङ र बुद्धि ल्हो गुरुङले पूजा पाठ गराए। पूजा पश्चात सबैले प्रसाद ग्रहण गरेपछि कार्यक्रम शुरू गरेका थिए। 

आमन्त्रित अतिथिहरुमा तमुहरुको छाता संगठन तमु धी युकेको अध्यक्ष हरि गुरुङ दम्पती,तमु प्ये ल्हु संघ युकेको प्रतिनिधि महासचिव श्री वेगलाल गुरुङ दम्पती,तमु समाज युकेको अध्यक्ष श्रीमति बिन्दु घले दम्पती,गोर्खा मिडिया प्रबन्ध निर्देशक तथा प्रधान सम्पादक श्री मिलन तमु र शितल पाटी ई पत्रिकाको प्रबन्ध निर्देशक तथा प्रधान सम्पादक श्री वाचस्पति रेग्मी आदि थिए। विधिवत रूपमा अतिथिहरुलाई आसन ग्रहण गराए पछि र पूजाआजा गराए पश्चात उपाध्यक्ष श्री कृष्ण गुरुङले स्वागत मन्तब्य राख्नको साथै हेल्थ एण्ड सेफ्टी बारे जानकारी गराएका थिए।

त्यसपश्चात आमन्त्रित अतिथिहरुमा यो वर्ष तमु प्ये ल्हु संघ युके र तमु समाज युकेको नव निर्वाचित पदाधिकारी अतिथिहरु वेगलाल गुरुङ दम्पती र तमु समाज युकेका नव निर्वाचित अध्यक्ष श्रीमति बिन्दु घले दम्पतिलाई खादा, भाँग्रा तथा पछ्यौराले बधाई दिनको साथै स्वागत तथा सम्मान गर्यो भने बाँकी अतिथिहरुलाई खादाले सम्मान गरेको थियो। 

पहिलो औपचारिक कार्यक्रमको दौरानमा यो वर्ष समाजको सदस्यहरूको नानी बाबुहरु जसले विभिन्न विधाहरूमा विभिन्न विश्व विद्यालयहरुबाट ब्याचलर, मास्टर्स डिग्री र विशेष डिग्री हासिल गरेका ७ जना नानीहरूलाई पनि सम्मान गरेका थिए। जसमा हितकाजी गुरुङ सुपुत्री सुश्री सामिन गुरुङ, कुल बहादुर गुरुङ सुपुत्री श्रीमति ममता गुरुङ, याम गुरुङ सुपुत्र रिचल गुरुङ, राज बहादुर गुरुङ सुपुत्र श्री जेनी गुरुङ, सत्रमान सुपुत्री सुश्री डा. शारदा गुरुङ, आशापूर्ण गुरुङ सुपुत्र श्री सोहन गुरुङ, रोशन गुरुङको सुपुत्र श्री सचिन गुरुङ आदि थिए। 

त्यस्तै गरी यो वर्ष समाजको सदस्यहरूको ६ जोडा छोराछोरीहरू विवाह बन्धनमा बाँधिएको खुशियालीमा उपहार सहित आमा समूहले सम्मान गरे। 

त्यस पश्चात दोश्रो चरणको कार्यक्रम हरेक वर्ष सञ्चालन गर्ने गरेको २० वर्ष मुनिको बालबालिकाहरूलाई लक्षित गरी सञ्चालन गर्ने गरेको लोकप्रिय कार्यक्रम गुरुङ भाषा प्रतियोगिता सञ्चालन गरेका थिए। जसलाई अमर प्रसाद गुरुङ र नारायण सिंह गुरुङले सञ्चालन गरेका थिए। यस वर्षको प्रतियोगिता सुश्री दीप्ति गुरुङ प्रथम भई रनिङ शिल्ड र नगद पुरस्कार हात पार्न सफल भयो भने सुयोग दर्शन गुरुङ दोश्रो, प्रिसा दर्शनी गुरुङ तेश्रो र सिजोय गुरुङ चौथो हुन सफल भयो। र सधैंको परम्परालाई कायम गर्दै गत सालको विजेता सुश्री अन्जनी दर्शनी गुरुङले बढो आकर्षक तरिकाले गुरुङ भाषामा मन्तब्य ब्यक्त गरेका थिए। 

यस प्रकार दोश्रो चरणको कार्यक्रम समापन भए पश्चात तेश्रो चरणको कार्यक्रम घान्द्रुकेहरुको आफ्नै गाउँको स्थानिय कलाकारहरुबाट एकदमै आकर्षक नृत्यहरु प्रस्तुत गरेका थिए भने नेपालबाट हाल भिजिटको क्रममा बेलायतमा रहनु भएको राष्ट्रिय कलाकार द्वय मनमाया वाइवा र राजन गुरुङको सुमधुर आवाजको बेजोड प्रस्तुति सँगै भरमग्दुर मनोरञ्जन लिँदै अन्तमा आधा तोला सुन प्रथम पुरस्कार र अन्य विभिन्न आकर्षक नगद पुरस्कारहरू रहेको राफल ड्र को कार्यक्रमको मज्जा लिँदै यो रमाइलो वार्षिक भेटघाट कार्यक्रम समापन भएको थियो। यस वर्षको अधा तोला सुन आकर्षक पुरस्कार श्रीमति लिना गुरुङले हात पार्न सफल भयो। 

यस वर्षको औपचारिक कार्यक्रम उपाध्यक्ष श्री राज कुमार गुरुङले सञ्चालन गरेका थिए भने तमु भाषाको संयोजन अमर प्रसाद गुरुङ र नारायण सिंह गुरुङ, राफल ड्र को संयोजन श्रीमति पुनम गुरुङ र आरती गुरुङ र सांस्कृतिक कार्यक्रमको संयोजन राम गुरुङ, जुम प्रसाद गुरुङले गरेका थिए।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?