Tuesday September 17, 2024

बेलायतका नेपालीलाई सुरक्षा सतर्कता अपनाउन एनआरएनए यूकेको अपील

२३ श्रावण, २०८१ शीतलपाटीन्युज डटकम। 1129


बेलायतका नेपालीलाई सुरक्षा सतर्कता अपनाउन एनआरएनए यूकेको अपील

शीतलपाटीन्युज डटकम।
लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले बेलायतवासी नेपालीलाई आवश्यक सुरक्षा सतर्कता अपनाउन अपील गरेको छ। पछिल्ला केही दिनयता बेलायतमा प्रदर्शन र हुलदंगा भइरहेका सन्दर्भमा एनआरएनए यूकेले मंगलबार एक वक्तव्य जारी गर्दै सुरक्षित रहन सबैमा अपील गरेको हो।

अध्यक्ष हितकाजी गुरुङ र महासचिव गोविन्द खरेलले जारी गरेको सेफ्टी एड्भाइजरीमा प्रदर्शन तथा हुलदंगाका लागि बढी जोखिम रहेका क्षेत्रमा नजान सल्लाह दिइएको छ। त्यस्तै,बेलायतवासी नेपालीलाई कुनै पनि प्रदर्शनहरुमा सहभागी नहुन आग्रह गरिएकोछ।

एनआरएनए यूकेले आफ्नो सुरक्षाका लागि सतर्क रहन तथा त्यस्ता कुनै पनि घटना हुन पुगेमा तत्काल स्थानीय सुरक्षा निकायलाई सम्पर्क राख्न आग्रह गरेको छ।बेलायतमा क्रियाशिल अन्य नेपाली संघसंस्थालाई पनि आफ्नो समुदाय तथा सदस्यहरुलाई सुसूचित गर्न तथा सुरक्षित राख्न आवश्यक सहयोग गर्न एनआरएनए यूकेले आव्हान गरेको छ।

कुनै पनि सहयोग आवश्यक परेमा लन्डनस्थित नेपाली दूतावासलाई सम्पर्क गर्न आग्रह गरिएको छ। त्यस्तै, एनआरएनए यूकेलाई पनि इमेल [email protected] वा अध्यक्षलाई 07411576298 र महासचिवलाई  07462140962  मा टेलिफोन गरी सम्पर्क गर्न सकिने जनाइएको छ।

यसअघि मंगलबार नै लन्डनस्थित नेपाली दूतावासले पनि एक सूचना जारी गर्दै बेलायतका सबै नेपालीलाई प्रदर्शन तथा हुलदंगाबाट सक्दो टाढा रहन आव्हान गरेको थियो।

यसअघि तीन जना बालिकाको ज्यान जाने गरी चाकु आक्रमण भएपछि बेलायत पछिल्लो सातादेखि अशान्त बनेको छ। कयौं शहरहरुमा जातीय सद्भाव घड्काउने गरी प्रदर्शनहरु भइरहेका छन् भने प्रदर्शनकै वहानामा चोरी र लुटपाटका घटना पनि भएका छन्।

अपिल-



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?