२५ श्रावण, २०८१
शीतलपाटीन्युज डटकम।
लन्डन- बेलायतका विभिन्न क्षेत्रमा बस्ने बाग्लुङ बिहुकोटेहरुको सामाजीक संस्थामा नयाँ नेतृत्व चयन भएको छ। सोमबार बेलायतको ग्रान्थममा सम्पन्न बिहुकोट हेल्प नेटवर्क यूकेको पाँचौं महाधिवेशन तथा दशौं वार्षिक भेलाले शिव कंडेलको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ।
१३ सदस्यीय नवनिर्वाचित कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष लिलाराम निउरे, उपाध्यक्ष केशव कंडेल र रामप्रसाद कंडेल चयन भएका छन भने महासचिवमी राजु कंडेल छन्। साथै सचिवमा मुक्ति कंडेल,कोषाध्यक्षमा यमलाल कंडेल तथा सदस्यहरुमा गंगाधर कंडेल,धनकुमारी निउरे,सागर कंडेल,राजेन्द्र कंडेल,सुशिल कंडेल र सिता कंडेल चुनिएका छन्।
अधिबेसनमा सम्बोधन गर्दै प्रमुख अतिथि अमर उच्च माविका निवर्तमान प्रधानाध्यापक हरिप्रसाद कंडेलले बेलायतमा बसोबास गर्ने बिहुकोटेहरुको योगदानको उच्च मुल्यांकन गर्नु भयको थियो। उहाले सधैभर एकजुट भएर समाज सेवामा लाग्न बेलायतवासी बिहुकोटेहरुलाई आग्रह पनि गर्नु भयको थियो।सभालाई सम्बोधन गर्दै नेटवर्कका संस्थापक अध्यक्ष, सल्लाहकार तथा निर्वाचन समितिका संयोजक दयानिधि सापकोटाले नवनिर्वाचित कार्यसमितिले विश्वव्यापी रुपमा फैलिएको बिहुकोटेहरुलाई एकजुट बनाउन भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नु भयको ।
कार्यक्रममा बिहुकोट समाज जापानका पूर्व अध्यक्ष अशोक शर्मा गोपाल,ग्रान्थम नेपाली समाजका कमल भण्डारी, शान्ति नेपाली समाजका प्रवक्ता डिएन खराल,पूर्व सल्लाहकार फुल प्रसाद कंडेलले शुभकामना मन्तव्य राख्नु भयको थियो।
सो अधिबेसनका अवसरमा समुदायलाई विशेष योगदान पुर्याउने संस्थापक अध्यक्ष दयानिधि सापकोटा,पूर्व अध्यक्ष प्रेम कंडेल,प्रमुख अतिथि प्राचार्य हरिप्रसाद कंडेल,एकाउन्टेट प्रकाश भट्टराई,बिहुकोट समाज जापानका पूर्व अध्यक्ष अशोक शर्मा लगायतलाई बिहुकोटे समाजले सम्मान गरेको थियो।
नेटवर्कका अध्यक्ष गंगाप्रसाद कंडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिव कंडेलले स्वागत गरेका थिए भने महासचिव कुलपति न्यौपानेले बार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष रमेश कंडेलले आर्थिक प्रतिवेदन पेश गरेका थिए।
कार्यक्रममा शान्ति नेपाली समाजका पन्चेबाजा र कलाकार सुशिला गौतमको बेजोड सांगीतिक प्रस्तुतिबाट मनोरञ्जन गरिएको कार्यक्रम संयोजक छबिलाल कंडेलले जानकारी गराएका थिए।
बेलायतको च्यारिटी कमीसनमा दर्ता भएर २०१४ मा स्थापित बिहुकोट हेल्प नेटवर्क यूके सामाजिक कार्यमा सक्रिय रहंदै आएको छ।