Friday February 14, 2025

समाजसेवी कार्कीको रेस्टुरेन्टलाई स्कटल्याण्डको बेस्ट रेस्टुरेन्ट अवार्ड

२५ श्रावण, २०८१ शीतलपाटीन्युज डटकम। 1266


समाजसेवी कार्कीको रेस्टुरेन्टलाई स्कटल्याण्डको बेस्ट रेस्टुरेन्ट अवार्ड

प्रकास अर्याल,
स्कटल्याण्ड। समाजसेवी तथा एनआरएनए अभियन्ता मोहन कार्कीद्वारा स्कटल्याण्डको फलक्रिकमा सञ्चालित मेक्सिकन टेक्समेक्सबार एण्ड ग्रिलले  बेस्ट रेस्टुरेन्ट अवार्ड प्राप्त गरेको छ। स्कटल्याण्ड बिजनेस अवार्ड अन्तर्गत  स्टरलिंग र फलक्रिक क्षेत्रको रेस्टुरेन्टहरु मध्य बेस्ट रेस्टुरेन्ट अवार्ड  प्रदान गरिएको थियो।२०२४ मा दोस्रो पटक उक्त रेस्टुरेन्टले  बेस्ट रेस्टुरेन्ट अवार्ड पाएको छ। 

यहि मार्च २०२४ मा  ओसीएनिक अवार्डसद्वारा आयोजना गरिएको द स्कटिस रेस्टुरेन्ट अवार्ड २०२४ मा मेक्सिकन टेक्समेक्स बार एण्ड ग्रिललाई बेस्ट मेक्सिकन  रेस्टुरेन्ट अवार्ड प्रदान गरिएको थियो। एनआरएनए स्कटल्याण्डका संस्थापक अध्यक्ष तथा एनआरएनए युकेको दुई कार्यकाल उपाध्यक्ष समेत रहनु भएका कार्कीले नेपालमा भूकम्प जाँदा धेरै सहयोग गर्नु भएको थियो। साथै कोभिडको महामारीमा नेपाल र स्कटल्याण्डमा सहयोगको अभियान संचालन गर्नु भएको थियो। हाल एनआरएनएमा कुनै पदमा नरहनु भएपछि र आफ्नो ब्यबसायमा खटिनु भएपछि अवार्डहरु प्राप्त गर्न थालेको छ। 


सन्  २०१७ मा स्थापना गरिएको उक्त मेक्सिकन रेस्टुरेन्टमा सबै परिकारहरु ताजा मेड टु अडर बनाइने र कुनै फ्रोजन सामग्री प्रयोग नगरिने सञ्चालक समाजसेवी कार्कीले बताउनु भयो।गुणस्तरीय सेवा र ग्राहकको सन्तुष्टिको कारणले  नै उक्त  अवार्ड  प्राप्त गरेको कार्कीले बताउनु भयो। एनआरएनए स्कटल्याण्डका संस्थापक अध्यक्ष तथा एनआरएनए युकेका निवर्तमान उपाध्यक्ष समेत रहनु भएका कार्कीले फोर्थ भ्याली कम्युनिटीमा आफ्नो रेस्टुरेन्ट लोकप्रिय रहेको बताउनुभयो। कार्कीको यस बाहेक फलक्रिकमा सुसी रेस्टुरेन्ट तथा प्रोपर्टी बिजनेस पनि रहेको छ। कार्कीको यो चौथौ रेस्टुरेन्ट हो भने निकट भविष्यमा पब बिजनेसमा लगानी गर्दै हुनुहुन्छ।  

स्कटल्याण्डको पहिलो नेपाली पब सञ्चालन गर्ने समेत तयारीमा समेत उहाँ रहनुभएको छ।फास्टफुड बिजनेसमा २२ वर्षदेखि कार्यरत कार्कीले यस अघि मध्यपूर्वमा तथा अमेरिकाको मियामीमा  उत्कृष्ट म्यानेजरको रुपमा समेत अवार्ड प्राप्त गर्नु भएको थियो।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?