Saturday March 22, 2025

बेलायतमा अर्घाखॉंची समाज-यूकेको बार्षिक भेला २०२४ सम्पन्न

२८ श्रावण, २०८१ शीतलपाटीन्युज डटकम। 1484


बेलायतमा अर्घाखॉंची समाज-यूकेको बार्षिक भेला २०२४ सम्पन्न

शीतलपाटीन्युज डटकम।
लण्डन ।यहि ११ अगस्त २०२४ का दिन बेलायतमा रहेका अर्घाखॉंचीबासीहरुको बार्षिक भेला तथा समर भेटघाट कार्यक्रम सम्पन्न भएको छ। आइतबार अल्ट्रासटको एम्पायर हलमा समाजको आफ्नो वार्षिक भेला सम्पन्न भएको हो।


समाजका अध्यक्ष बालकृष्ण भुसालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अतिथिहरू समाजका सल्लाहकार श्री जीब बेल्वासे,क्याप्टेन बीर बहादुर थापा,श्यामनाथ काश्यव घिमिरे,बिनोद घिमिरे, रामचन्द्र भुसाल,अशोक घिमिरे,धर्मराज थापा,बसन्त लम्साल,रेनुका भट्टराई
लगायतले सम्बोधन गरेका थिए।

अतिथिहरूले शुभकामना मन्तव्य दिंदै बेलायतमा बस्ने अर्घाखॉंचीबासीहरूले गरेको सामाजिक कार्य र  नेपालको मौलिक संस्कृति र परम्पराको पालना गरेकोमा धन्यवाद ज्ञापन गरेका थिए। सो अवसरमा नेपालबाट भ्रमणमा आएका अभिभावकहरुको सम्मान लगायतका कार्यक्रम पनि सम्पन्न भएका थिए।

कार्यक्रममा बिशेष व्यक्तिहरुलाई सम्मान पनि गरिएको थियो तथा अध्यक्ष बालकृष्ण भुसालले बार्षिक प्रतबेदन पेश गर्नु भएको थियो।समाजका उपाध्यक्ष शुसिल गौतमले कार्यक्रम संचालन गरेका थिए। सन् २०१७ सालमा स्थापित  भएको बेलायतकाअर्घाखॉंची बासीहरुको यो साझा संस्थाले अहिलेसम्म नेपालमा विभिन्न सामाजिक कार्यहरु सञ्चालन गर्दै नेपालमा लाखौ रूपैयाँ बराबरको मानवीय सहयोग गरिसकेको छ।
यो भेलाले आगामी ३ बर्षको लागी गर्नुपर्ने कामको योजना पनि तयार पारेको छ।उक्त कार्यक्रममा अर्घाखॉंचीबाट आएका कलाकारहरुको पनि उपस्थिति तथा भब्य प्रस्तुति रहेको थियो ।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?