Tuesday September 17, 2024

स्वामी आनन्द अर्हतले बेलायतमा ध्यान शिविर सन्चालन गर्नुहुने

२९ श्रावण, २०८१ शीतलपाटीन्युज डटकम। 1145


स्वामी आनन्द अर्हतले बेलायतमा ध्यान शिविर सन्चालन गर्नुहुने

GNNNEWS-
लन्डन। काठमाडौँस्थित ओशो तपोवनका ध्यान प्रशिक्षक स्वामी आनन्द अर्हतले यही अगष्ट महिनामा बेलायतका विभिन्न स्थानमा ध्यान शिविर सन्चालन गर्नुहुने भएको छ।
उहाँले  अगष्ट १८ आइतबारका दिन दक्षिणपूर्वी लन्डनको फाल्कनउडस्थित ह्यारिस एकेडेमीमा एक दिवसीय ध्यान शिविर संचालन गर्नु हुने ओशो आनन्द बोधी ध्यान केन्द्रका संयोजक स्वामी ध्यान शंकरले बताउनु भयो। बुध्द फाउन्डेशन युके, डार्टफोर्ड नेप्लिज कम्युनिटी, तथा बेक्स्ली  नेप्लिज कम्युनिटीसंगको सहकार्यमा आयोजना गर्न लागिएको उक्त शिविरमा सहभागी भै लाभान्वित हुन उहाँले आग्रह गर्नु भयो।    
स्वामी अर्हतले आउँदो अगष्ट २३  देखि २६  तारिखसम्म लन्डन अक्सब्रिज स्थित डेनहाम ग्रोभ होटलमा तीन दिने आवासीय ध्यान शिविर संचालन गर्नु हुने छ। अगष्ट महिनाको अन्तिम साता स्कटल्याण्डमा पनि एक दिने ध्यान शिविर आयोजना गर्न लागिएको छ।

उक्त शिविरहरुमा सहभागी हुन इच्छुक मित्रहरुले स्वामी ध्यान शंकर (07886018119 ), माँ अजीता (07846602614) तथा स्वामी कृश (07846146572 ) लाई  सम्पर्क गरेर आफ्नो स्थान सुरक्षित गर्न आयोजकले  आग्रह गरेका छन्।
संसारका बीसभन्दा बढी मुलुकहरुमा ध्यान शिविरहरु सन्चालन गरीसक्नुभएका स्वामी अर्हतले स्वस्थ र सन्तुलित जीवनकालागि ध्यान अपरिहार्य रहेको बताउनु भयो।
"जब हामी व्यावसायिक जीवनमा लाग्छौं, जीवनको अनुभव सबैभन्दा महत्वपूर्ण कुरा हुन्छ। तर आज हामी बढी आत्तिएको अवस्था छ,स्ट्रेसको अवस्था छ। त्यस्तो तनावलाई कम गर्ने ध्यानका विधिहरु सिकेर तपाईं घरमै पनि गर्न सक्नु हुन्छ,"स्वामी अर्हतले भन्नुभयो। “हाम्रा भावना वा विचारहरुबाट हाम्रो जीवन संचालित हुन्छ,ती विचारलाई कसरी सन्तुलित गर्ने? मित्रताको भावबाट आध्यात्मिक चेतसहित कसरी जिउने लगायतका विषयहरु हामी शिविरमा सिक्नेछौं। "  
"जेनरेशन ग्याप के हो ? हामीलाई बच्चाहरुसंग कुरा गर्न किन गाह्रो हुन्छ? त्यसको जग के हो र हामीले कसरी आफ्नै छोरा छोरीसंग संवाद गर्ने कला सिक्न सक्छौं ? हल्का शरीर, शान्त मन, विचारमा स्थिरता र जगतसंगको आध्यात्मिक सम्बन्धबारे पनि हामी शिविरमा छलफल तथा अभ्यास गर्नेछौं," स्वामी अर्हतले भन्नुभयो।
 
त्यस्तै ओशो आनन्दबोधी ध्यान केन्द्रका संयोजक स्वामी ध्यान शंकरले ध्यान शिविरमा सपरिवार सहभागी हुन सबै मित्रहरुलाई आग्रह गर्नु भयो।
“आजको व्यस्त समाजमा संयमित जीवन शैली र ध्यानको महत्व जति वर्णन गरेपनि कम हुन्छ। कोभिड १९ महामारी, जलवायु परिवर्तन र  ‘कस्ट अफ लिभिङ्ग क्राइसीस’ ले उत्पन्न गरेको संकटसंग जुध्न र आफ्नो व्यवसाय र पेशामा उत्कृष्टता हासिल गर्न पनि योग र ध्यानको अत्यन्तै ठूलो भूमिका हुने प्रमाणित भएको छ," उहाँले भन्नुभयो।
 
ओशो तपोवनका संस्थापक बोधिसत्त्व स्वामी आनन्द अरुणका निकट सहयोगी स्वामी आनन्द अर्हतले गत १७  वर्षदेखि बेलायतमा ध्यान शिविरहरु सन्चालन गर्दै आउनुभएको छ।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?