Saturday February 08, 2025

बेलायतमा श्रीमदभागवत ज्ञान महायज्ञ हुँदै,पण्डित दीनबन्धु पोखरेल वेद र बौद्ध दर्शनबारे प्रवचन दिन आउदै

३० श्रावण, २०८१ शीतलपाटीन्युज डटकम। 1400


बेलायतमा श्रीमदभागवत ज्ञान महायज्ञ हुँदै,पण्डित दीनबन्धु पोखरेल वेद र बौद्ध दर्शनबारे प्रवचन दिन आउदै

शीतलपाटीन्युज डटकम।
लन्डन । बेलायतमा श्रीमदभागवत ज्ञान महायज्ञ हुने भएको छ। आगामी ३१ अगस्ट र १ सेप्टेम्बर २०२४ मा हुने महायज्ञमा वेद र बौद्ध दर्शनबारे ख्यातिप्राप्त वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेलले प्रवचन दिने कार्यक्रम छ। 

नेपालको गोरखा जिल्लामा स्वास्थ्य,शिक्षा,आपतकालीन सहयोगका साथै दु:खी, अशक्त र बेसहाराको सहयोगार्थ अक्षयकोष स्थापनाका लागि महायज्ञ हुन लागेको कुरा गोर्खाली समाज यकेका अध्यक्ष हेम कुमार गुरुड्ग र समाजका सल्लाहाकार गणेश गुरुड्गले शीतलपाटीन्युजका सम्पादक बाचस्पति रेग्मीलाई  बताउनु भएको छ। कार्यक्रमका लागि फ्लायर तयार गरेर प्रचार प्रसार समेत भै रहेको जानकारी समेत दिनु भयको छ।

महायज्ञ अल्डरसटस्थित शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरमा ३१ अगस्त २०२४ बिहान ११ देखि बेलुका ७ बजेसम्म हुने र २ सेप्टेम्बर २०२४  बिहान १० देखि दिउँसो ३ बजेसम्म नटिंगमस्थित हिन्दू मन्दिरमा गरीने कुरा आयोजक ग्लोबल गोरखा एवम गोर्खाली समाज युकेले जनाएको छ। 

महायज्ञको आयोजक गोरखाली समाज यूके र सहआयोजक ग्लोबल गोरखा समाज रहेको कुरा जनाईएको छ। पण्डित पोखरेल आध्यात्मिक जगत्‌का अभियन्ता तथा राष्ट्रिय/अन्तर्राष्ट्रिय रूपमा ख्यातिप्राप्त प्रवचक हुन् भने उनले बेलायतका लागि प्रबेश आज्ञा (भिषा) प्राप्त गरी सकेका छन।

उक्त आध्यात्मिक तथा वैज्ञानिक प्रवचनमा सहभागी भएर पुण्यलाभ लिन यूकेवासी भक्तजनमा आयोजक समाजका अध्यक्षहरुले अनुरोध गर्नु भयको समाचार छ ।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?