Saturday October 23, 2021

पर्वत जनप्रियका विद्यार्थीलाई शैक्षिक तथा खेलकुदका सामग्री

२० भाद्र, २०७५ शीतलपाटीन्युज डटकम । 2413



शीतलपाटीन्युज डटकम।

भदौ १९, पर्वत । पर्वतमा विपन्न बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको छ । पर्वतको फलेवास नगरपालिका–५ खानीगाउँमा अवस्थित जनप्रिय प्राथमिक विद्यालयमा अध्ययनरतगरिव तथा विपन्न समुदायका बालबालिकालाई शैीक्षिक तथाखेलकुदका सामग्री वितरण गरिएको हो । पर्वत वेलफेयर सोसाईटी यूकेका अध्यक्ष दधि आचार्यको आर्थिक सहयोग र पत्रकार साजन परियारको पहलमा विद्यालयका २१ जना विद्यार्थीहरुलाई कापी, कलम र खेलकुदका सामग्री वितरण गरिएको हो ।

शैक्षिक सामग्री पाएपछि सम्झना परियारले आफुले पढ्नका लागि प्रोत्सहन स्वरुप शैक्षिक सामग्री पाउँदा निकै खुशी लागेको बताईन। जनप्रिय प्रावि कक्षा २ मा अध्ययनरत आरुसी घिमिरेले शैक्षिक सामग्री प्राप्त गरेकोमा आफु निके खुशी भएको र आगमी दिनमाअझै मेहेनत गरेर पढ्ने बताईन । कापी कलम तथा खेलकुदका शैक्षिक सामग्री विद्यार्थीहरुलाई पठनपाठनमा सहज हुने बताएका थिए ।  गरिव, दलित तथा आर्थिक स्थिति कमजोर भएका बालबालिकालाई सहयोग गर्नु आफ्नो कर्तव्य भएको पर्वत वेलफेयर सोसाईटी यूकेका अध्यक्ष दधि आचार्यले बताउनु भयो । उहाँले विद्यार्थीको अवस्थावारे जानकारी भए लगत्तै शैक्षिक सामग्री वितरण गरेको बताउनु भयो । साथै आचार्य परिवारले जिल्लाको शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सहयोग गदै आउनु भएको छ । उक्त सहयोग कार्यक्रममा बोल्दै फलेवास नगरपालिका–५  खानीगाउँका वडाध्याक्ष दिपक पौडेलले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरका लागि नगरपालिकाले तिव्र गतिमा काम गरेको बताउनु भयो । शिक्षाको विकास नभएसम्म समाज र राष्ट्रको विकास नहुने बताउँदै गुणस्तरीय शिक्षामा जोड दिनुभयो, उहाँले यसप्रकारको सहयोगले बालबालिकाको जीवनमा उत्साह थपिने भन्दै सहयोगी मनहरुलाई धन्यवाद दिनुभयो ।

विद्यालयका अध्यक्ष कृष्णप्रसाद तिवारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पत्रकार साजन परियार,अभिभावक अनिता नेपाली, सिमखेत युवा क्लवका बरिष्ठ सल्लाहकार सरोज खनाल लगायतले बोल्नु भएको थियो । उक्त कार्यक्रममा विद्यालयको शैक्षिक तथा भौतिक विकासमा सहयोग पु-याएको भन्दै पत्रकार साजन परियारलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । विद्यालयका अध्यक्ष तिवारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य शिक्षिका सरस्वती पौडेल र कार्यक्रमको संचालन विद्यालयका प्रधानाधयापक दुर्गा सुवेदी लम्सालले गर्नुभयको थियो ।


(पर्वत नेपाल)
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?