Thursday March 20, 2025

नेपाली राजदूतावासका द्वितीय सचिव नेपाललाई स्याङ्जा समाज यूकेको विदाई,दिलिपाश्री अधिकारीलाई स्वागत

४ भाद्र, २०८१ शीतलपाटीन्युज डटकम। 1295


नेपाली राजदूतावासका द्वितीय सचिव नेपाललाई स्याङ्जा समाज यूकेको विदाई,दिलिपाश्री अधिकारीलाई  स्वागत

शीतलपाटीन्युज डटकम।
लन्डन। आफ्नो ४ वर्षको कार्यकाल सकेर स्वदेश फर्कन लागेका लन्डनस्थित नेपाली दूतावासका द्वितीय सचिव राम बाबु नेपाललाई स्याङ्जा समाज यूकेले विदाई गरेको छ। समाजले आइतबार अल्डरसटस्थित ठमेल रेस्टुरेन्टमा आयोजित एक कार्यक्रम बीच नेपाल दम्पत्तिलाई विदाई गरेको हो।  

समाजका अध्यक्ष भरत गुरुङ, संरक्षक डेभिड गुरुङ,सोंपाल समाज यूके अध्यक्ष जगदीश गुरुङ,राड्गभाड्ग समाज यूके अध्यक्ष सारदा गुरुङ लगायतले नेपाल दम्पत्तिलाई फेटा लगाएर विदाई गरेका थिए।सो बिदाईका अवसरमा उनीहरुले द्वितीय सचिव नेपालको आगामी दिनमा परराष्ट्र सेवामा उज्जवल भविस्यको कामना पनि गरे ।    

आफ्नो मन्तव्यका क्रममा द्वितीय सचिव नेपालले विदाई कार्यक्रम राखेर स्याङ्जा समाजले न्यानो सम्मान प्रदान गरेकोमा संस्थाप्रति आभार व्यक्त गरे। उनले आफ्नो बेलायत बसाइमा स्याड्जाको नेपाली समुदायबाट उल्लेखनीय सहयोग प्राप्त गरेको जनाउंदै फर्कने बेला अविस्मरणीय सम्झना र माया बोकेर जान लागेको पनि बताएका थिए।

सो बिदाईका अवसरमा समाजले टेलिभिजन पत्रकार एवं नेपाल प्रेस यूनियन केन्द्रिय उपमहासचिव दिलिपा श्री अधिकारीलाई बेलायतमा स्वागत गर्‍यो।  

स्याङ्जा स्थायी घर भएकी दिलिपा आइतबारमात्रै निजी भ्रमणमा लन्डन उत्रिएकी थिइन्।समाजका पदाधिकारीले उनको सुखद बेलायत बसाइको शुभकामना दिंदै फेटा र खादा लगाएर स्वागत गरेका थिए। स्याङ्जा स्थायी घर भएकी दिलिपा आइतबारमात्रै निजी भ्रमणमा लन्डन उत्रिएको कुरा संरक्षक डेभिड गुरुड्गले बताउनु भयको छ।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?