८ भाद्र, २०८१
शीतलपाटीन्युज डटकम।
लन्डन। धार्मिक प्रवचक तथा कथावाचक पण्डित दिनबन्धु पोखरेल बेलायत आइपुगेका छन्। बेलायतका विभिन्न क्षेत्रमा आयोजना हुने विशेष धार्मिक प्रवचन कार्यक्रमका लागि उहा शुक्रबार दिउँसो लन्डन आइ पुगेका हो।
लन्डनको हिथ्रो विमानस्थलमा उत्रिंदा पण्डित पोखरेललाई गोर्खाली समाज यूकेका अध्यक्ष हेम गुरुङ,सल्लाहकार गणेश गुरुङ,सचिव राजेन्द्र गुरुङ,गीता ढकाल,गायक रविन लामिछाने र शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरका पुर्व अध्यक्ष एवम संरक्षक बाचस्पति रेग्मी समेतले स्वागत गरेका थिए। गोर्खाली समाज युके र ग्लोबल गोर्खा समाज अन्तराष्ट्रियको पहलमा उनी बेलायत आएका हुन्।
गोर्खाली समाज यूकेका अध्यक्ष हेम गुरुङका अनुसार बेलायतमा रहंदा पण्डित पोखरेलले विभिन्न क्षेत्रस्थित नेपालीहरुमाझ धार्मिक प्रवचन दिनेछन् ।सो अनुसार २८ अगष्टमा स्कटल्यान्डस्थित पशुपतिनाथ मन्दिरमा,३१ अगष्ट र १ सेप्टेम्बर अल्डरसटस्थित शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरमा तथा २ सेप्टेम्बरमा नटिङहमको हिन्दू मन्दिरमा उहाले प्रवचन दिने कार्यक्रम तय भएको छ।
बेलायतमा पण्डित पोखरेलको प्रवचन वेद र बौद्ध दर्शनमा केन्द्रित रहने बताइएको छ। बेलायतमा चार दिनका प्रवचनहरु पूरा गरी ३ सेप्टेबर मै पण्डित पोखरेल नेपाल फर्किने योजना छ।