Friday February 14, 2025

ग्लोबल गोरखा समाजका अध्यक्ष ढकाल लण्डनको च्यारीटीमा सहभागी हुदै

९ भाद्र, २०८१ शीतलपाटीन्युज डटकम। 1333


ग्लोबल गोरखा समाजका अध्यक्ष ढकाल लण्डनको च्यारीटीमा सहभागी हुदै

गोकर्ण ढकाल,
अध्यक्ष 
ग्लोबल गोरखा समाज।
लण्डन। गोरखाका र गोरखाली दिनदुःखी, असाहाय,अशक्त र बेसहाराहरुको स्वास्थ्य, शिक्षा,आपतकालीन सहयोग र उद्धारको लागी अक्षयकोष स्थापना गर्न शुरु गरिएको अक्षयकोष अभिबृद्धि गर्ने अभियानका लागी गोरखाली समाज युकेको आयोजना तथा ग्लोबल गोरखा समाजको सह-आयोजनामा आयोजित “श्रीमद्भागवत ज्ञान महायज्ञा यूके २०२४” वेद र बौद्ध दर्शन सम्बन्धी प्रवचन कार्यक्रम गोरखालीहरुको बाहुल्य रहेका शहरहरुमा वाचनप्रवीन पण्डित श्री दीनबन्धू पोखरेलज्यूको साथमा बेलायतका विभिन्न शहरहरुमा आयोजित कार्यक्रम सफल पार्न र कार्यक्रममा सरिक हुन आज बेलायत आईपुगेको छु। 

तपाईहरु सबै सामाजीकभाव बोक्ने गोरखाली तथा ग़ैर-गोरखालीहरुलाई आफ्नो शहर नजीक पायक पर्ने ठाउमा वेद र बौद्ध दर्शनका वाचन श्रवन गर्न हार्दिक निमन्त्रणा गर्दछु। “तपाई हामीले हाम्रो लागी त केही गरेकै छौ। हामी त अब्बल र सबल नै छौ र हाम्रो लागी हामी आफै प्रसस्त छौ तर गरीब,दिनदुःखी,असहाय र बेसहाराको लागी केही अभियानको शुरुवात अब हामीले नगरे कस्ले गर्ने र? अहिले नगरे कहिले गर्ने ?” हामी सामाजीक भावले केही गरौ भन्ने अभियान लिएर बेलायत पस्चात बिश्वका बिभिन्न देशहरुमा यसै प्रकृतीका कार्यक्रम वा गोरखाली कलाकारहरुको समुपस्थितीमा संगितीक कार्यक्रम सहित यो नोभल उदेश्य पुरा गर्न आउदै छौ। सबै देशका गोरखा/गोरखाली समाज,गोरखालीमनहरु र ग़ैर-गोरखालीहरुलाई यस पुण्य कार्यमा हातमा हात र साथमा साथको अब्ह्वान गर्दछौ। 

साथै यस शुभ कार्य स्थापनाको दिन (गतबर्ष काठमाण्डौको एल्लोपगोडा होटल) मा आयोजित कार्यक्रममा सहयोग गर्नुहुने सम्पुर्ण गोरखाली मनहरु र ग़ैर-आवासीय नेपाली संघका साथीहरुलाई आफ्नो कमिटमेन्ट सहित गोरखालाई सहयोग गर्नु भएकोमा फेरी पनि हार्दिक धन्यवाद दिन चाहान्छु। 
धन्यवाद। 🙏 
“जय गोरखा जय गोरखाली”



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?