Saturday February 08, 2025

आफ्नो गाउँको विकासका लागि ल्हासादेखि सगरमाथा बेस क्याम्पसम्म साइकल यात्रा

११ भाद्र, २०८१ शीतलपाटीन्युज डटकम। 1311


आफ्नो  गाउँको विकासका लागि ल्हासादेखि सगरमाथा बेस क्याम्पसम्म साइकल यात्रा

GNNNEWS:
लन्डन - लन्डनको वित्तीय क्षेत्रमा काम गर्ने एक युवाले सुदूर पश्चिम नेपालस्थित आफ्नो गाउँमा शिक्षा र स्वास्थ्यमा सघाउन तिब्बतको ल्हासादेखि सगरमाथा बेस क्याम्प सम्म साइकल यात्रा गरिरहेका  छन्।

दार्चुला जिल्लाको विकट देथलामा जन्मिएका दिनेश पालले आफ्नो गाउँमा हरेक बालबालिकाले गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा पाउन भन्ने सुनिस्चित गर्नुका साथै  र दीगो कृषि प्रणालीको विकास गर्न १००० किलोमिटर लामो उक्त साहसिक यात्रा सुरु गरेको बताए।
 
 "यात्राको क्रममा ४,५०० देखि ५,२०० मिटरसम्म साइकल यात्रा गर्ने काम शारीरिकरुपमा चुनौतिपूर्ण भए पनि आफ्ना गाउँलेहरुको माया र साथी तथा शुभेच्छुहरुको सद्भावका कारण यात्रा जारी राख्न मलाई उत्प्रेरणा मिलेको छ," सामाजिक संजाल, लिंकडइन, मा आफ्नो यात्राको विवरण अद्यावधिक गर्दै उनले भने।

हेल्प नेपाल नेटवर्क तथा लायन्स क्लब अफ काठमाडौँ क्लियोपेट्रासंगको सहकार्यमा आयोजित यात्राबाट उनले पांच हजार पौण्ड (झन्डै साढे आठलाख रुपियाँ )जुटाउने लक्ष लिएका छन्।

हेल्प नेपाल नेटवर्क युकेका अध्यक्ष सचिन श्रेष्ठले भने, " हेल्प नेपाल नेटवर्कले आफ्नो स्थापना काल देखि नै शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा सहयोग गर्दै आएका छौं।  दिनेशजीले सुरु गर्नु भएको यो मानवीय कार्यमा जोडिन पाउँदा हामी निकै हर्षित छौं।

यो लिंकमा गएर सक्दो सहयोग गर्न पनि बेलायत स्थित सबै नेपाली संघसंस्था तथा जनसमुदायलाई हेल्प नेपाल नेटवर्क युकेले आग्रह गरेको छ।  

https://www.justgiving.com/page/dinesh-pal-1722162160000?newPage=true



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?