१२ भाद्र, २०८१
शीतलपाटीन्युज डटकम।
लन्डन । लन्डनमा आइतबार १५ औं नेपाली मेला भव्य रुपमा सम्पन्न भएको छ। नेपाली राजदुताबास लण्डन र तमुधिं यूकेले विगत जस्तै केम्पटन पार्क रेस कोर्समा नेपालीमेलाको आयोजना गरेको हो।
महासचिव डा.विशाल गुरुङले सञ्चालन गरेको औपचारिक कार्यक्रममा मेला संयोजक तथा उपाध्यक्ष परशु गुरुङले स्वागत मन्तव्य दिनु भयको थियो।अध्यक्ष हरि गुरुङको अध्यक्षतामा सम्पन्न भयको सो कार्यक्रम अध्यक्ष गुरुड्ग,संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङ र कार्यक्रम संयोजक तथा उपाध्यक्ष परशु गुरुङले दीप प्रज्वलन गरेर मेला आरम्भ गरीएको थियो।करिब ८ हजार सहभागी भएको सो मेलामा बेलायतका ४० नेपाली संघसंस्थाका मौलिक झांकी र नृत्यले लन्डन नेपालमय बनेको थियो।
यस पटक पनि नेपाली मेलाको मुख्य आकर्षण सांस्कृतिक झाँकी नै रह्यो। मेलामा पूर्व मेचीदेखि पश्चिम महाकाली र हिमालदेखि तराईसम्मका विभिन्न जातजाती,भूगोल,धर्म प्रतिनिधित्व गर्दै विभिन्न संघसंस्थाले झांकी प्रस्तुत गरेका थिए।
मेलामा सिली साकेला,लाखेनाच,ट्होंटे, सालैजो जस्ता १८ वटा विभिन्न नाच देखाइएको थियो।गायन,नृत्य,राफल ड्र,विभिन्न च्यारिटी,मिठोखाना र जनचेतनामूलक गरि ६५ वटा स्टलमा पनि मेलामा सहभागी थिए। मेलामा राजन गुरुङ,शिवदास गुरुङ,नेसन पुन,आरुषी मगर लगायतका कलाकारहरुले आ–आफ्नो बेजोड प्रस्तुति दिएका थिए।
मेलामा झांकी र नृत्य दुवैमा उत्कृष्ट प्रदर्शन गरि पासा पुच गुथि यूकेले एम्बासडर कप तथा एनआरएनए कप जितेको छ भने फष्ट रनर अप किरात याक्थुङ चुम्लुङ यूके भयको छ। त्यसैगरि सेकेन्ड रनर अप र सान्त्वना पुरस्कार क्रमशःकिरात राई यायोख्या यूके र शेर्पा एसोसिएसन यूकेले जितेको छ। प्रेसिडेन्ट च्वाइस अवार्ड किरात राई यायोख्या यूकेले प्राप्त गरेको छ भने
उत्कृष्ट झांकी र नृत्य प्रस्तुत गर्ने पासा पुच सुकेले लन्डन दूतावासले प्रायोजन गर्ने ११०० पाउण्डको एम्बासडर कप प्राप्त गरेको छ।
रनरअपले ७०० र सेकेन्ड रनरअपले ५०० पाउण्ड,सर्टिफिकेट एवं मेडल पाउन सफल भएको थियो। एम्बासडर कप विजेतालाई एनआरएनए कपसहित ३०० पाउण्ड पनि प्रदान गरिएको थियो।
झांकीमा उत्कृष्ट प्रदर्शन गरि पासा पुच गुथि यूके प्रथम बन्यो भने फष्ट रनर अप किरात याक्थुङ चुम्लुङ यूके र सेकेन्ड रनर अप किरात राई यायोख्या यूके भएको थियो।
नृत्यमा उत्कृष्ट प्रदर्शन गरि किरात याक्थुङ चुम्लुङ यूके प्रथम बन्यो भने पासा पुच गुथि यूके फष्ट रनर अप र किरात राई यायोख्या यूके सेकेन्ड रनर अप भएको थियो।झांकी र नृत्यमा उत्कृष्ट प्रदर्शन गर्ने पहिलो समूहलाई ५०० पाउण्ड,रनरअपलाई ३०० पाउण्ड र सेकेन्ड रनरअपलाई २०० पाउण्ड नगदसहित कार्यक्रममा सर्टिफिकेट एवं मेडल प्रदान गरिएको थियो। विजेतालाई कार्यवहाक राजदूत रोशन खनाल,एनआरएनए अन्तराष्ट्रिय अध्यक्ष डा.बद्री केसी,तमुधिं यूके अध्यक्ष हरि गुरुङद्वारा पुरस्कार प्रदान गरीएको थियो।
तमुधिं यूके ट्रष्टी साहित्यकार एकेन्द्र गुरुङको प्रमुख संयोजकत्वमा झाँकीको निर्णायक मण्डल मगर संघ यूकेकी ट्रष्टी तथा पत्रकार जमुना पुन,समाजसेवी तथा अन्तर्राष्ट्रिय साहित्य समाज बेलायतका निवर्तमान अध्यक्ष सुमलकुमार गुरुङ,गीतकार शशी थापा सुब्बा र वरिष्ठ संगीतकार दिनेश सुब्बा थिए भने नृत्यतर्फको निर्णायक मण्डलमा कलाकार कविता घर्तीमगर,लक्ष्मी गुरुङ र अस्मिता रानामगर रहेका थिए।
झांकीपछि कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी लन्डनस्थित नेपाली दूतावासकी कार्यवहाक राजदूत रोशन खनालले विदेशमा नेपालीले गर्ने ठूलामध्ये एक इभेन्ट नेपाली मेलाको १५ औं संस्करण सफलतापूर्वक सम्पन्न गरेकोमा आयोजक तमुधिं यूकेलाई बधाई दिनु भयको थियो।यो वहुजातीय, वहुधार्मिक,बहुसांस्कृतिक नेपाललाई नेपालीमेलाले दुरुस्त चित्रण गरेको र नेपाली राजदूतावास यसमा सहकार्य गर्न पाउंदा एकदमै खुसी महशुस भएको खनालले बताउनु भयो। कावा राजदुत खनालले मेला बेलायतका सबै नेपालीलाई एकताको सूत्रमा बांध्ने एक महत्वपूर्ण प्लेटफर्म भएको समेत स्पष्ट पार्नु भएको थियो।
कार्यक्रमका विशेष अतिथी गैरआवासीय नेपाली संघ (एनआरएनए) अध्यक्ष डा.बद्री केसीले संविधानले गैरआवासीय नेपालीहरुलाई आर्थिक,सामाजिक तथा सांस्कृतिक अधिकार सहितको नागरिकता प्रदान गरेता पनि पूर्ण अधिकारसहितको नागरिकताका लागि लडिरहेको बताएका थिए।केसीले एनआरएनए नागरिकता लिन कयौं जटिलता भएको स्वीकार्दै अक्टोबरभित्र एनआरएनए नागरिकता पूर्ण रुपमा कार्यान्वयनमा आउने विश्वास व्यक्त गरेका थिए। त्यस्तैगरी अध्यक्ष केसीले भूपू गोर्खा आन्दोलनमा एनआरएनए सधैं एकसाथ रहेको उल्लेख गर्दै भुपु गोर्खाहरुको माग सम्बोधनमा नेपाल सरकारले प्राथमिकता दिनु पर्ने पनि बताए।
एनआरएनए यूके अध्यक्ष हित काजी गुरुङले नेपाली मेलालाई सबैले आफ्नो संझेर भब्य बनाउन सहयोग गर्नु पर्ने र सबै उपस्थित भै मनाउनका लागि यसलाई निरन्तरतामा जोड दिनु पर्ने बताएका थिए। सामाजीक सहिष्णुतामा नेपाली आजको आवस्यकता भयको समेत अध्यक्ष हितकाजीले स्पष्ट पार्नु भएको थियो।
तमुधिं यूके अध्यक्ष हरि गुरुङले नेपाली कला संस्कृति,संस्कार,भेषभूषा,परम्परा आदि जगेर्ना र अव युवा पु्स्तालाई पुस्तान्तरण मेलाको ध्येय भएको जनाउंदै मेला सफल बनाउन सहयोग गर्ने मेला संयोजक तथा उपाध्यक्ष परशु गुरुङसहित सबैप्रति आभार व्यक्त गरेका थिए। उहाले मेला कुनै जाती,धर्म वा राजनीतिबाट प्रेरित नभै सबै जातजातीबाट माथि उठेर मेला गरिएको बताउनु भयको थियो।
राफल ड्रको पहिलो र दोस्रो पुरस्कार क्रमश: ३०० र २०० पाउन्ड कवि कफीले प्रायोजन गरेको थियो भने तेस्रो पुरस्कार १०० पाउन्ड डेभिड आर्मिटेजले प्रायोजन गरेका थिए। साथैमेलामा मिडिया कोअर्डिनेटर एसके गुरुङ रहनु भयको सो मेला कार्यक्रममा तमुधि युकेका पुर्व अध्यछ्यहरु हितकाजी गुरुङ,ग्याम गुरूङ,रामचन्द्र गुरुङ,नन्दजंग गुरुङ,सुबास सीह गुरुङ उपस्थित रही ब्यवस्थापन गरेको सो मेलामा तमुधि युके आमा समुहको टीमले मुलढोकामा स्वागत गर्दै उत्कृष्ट सेवा पुर्याएको देखियको थियो।