Saturday June 14, 2025

एनआरएन युकेमा नारायण फुयाल लगायत ७ जना कोअप सदस्य नियुक्त

१३ भाद्र, २०८१ शीतलपाटीन्युज डटकम। 1436


एनआरएन युकेमा नारायण फुयाल लगायत ७ जना कोअप सदस्य नियुक्त

शीतलपाटीन्युज डटकम।
लण्डन। एनआरएन युकेले हालै सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ। एनआरएन युके अध्यक्ष हीतकाजी गुरुड्गको अध्यक्षतामा भएको सार्वजनिक सुनुवाई कार्यक्रम एम्पायर हल अल्डरसटमा भयको र संघका महासचिव गोबिन्द खरेलले संचालन गर्नु भएको थियो।


कार्यक्रममा बेलायतका लागि नेपाली कार्यवाहक राजदूत रोशन खनाल, एनआरएनए आइसीसी अध्यक्ष डा.बद्री केसीज्यू ,उपाध्यक्षहरु डा.हेमराज शर्माज्यु, रोजिना प्रधान राईज्यू र रामशरण सिम्खडाज्यू,एनआरएनए महिला सचिव टिका गुरुङज्यू,युरोप उपसंयोजक रोबोट लिम्बुज्यु,एनआरएनए आइसीसी प्रवक्ता फडिन्द्र पन्तज्यु,एनआरएनए हङकङ अध्यक्ष गोकर्ण ढकालज्यू,तमुधिं यूके अध्यक्ष हरि गुरुङज्यू,राज्य समन्य परिषद स्कटल्याण्डको उपाध्यक्ष कमला श्रेष्ठज्यू  लगायत विविन्न संघ संस्थाको प्रतिनिधिहरुको भब्य उपस्थिती थियो।

उक्त कार्यक्रममा गैर आवासीय नेपाली संघ बेलायतको  कोअप सदस्यहरु मनोनित गरीएको थियो। उक्त कोअप सदस्यको गरिमामय पदमा नियुक्त हुनुहुने मनोनित सदस्यहरु  विमल गुरुङ,नारायण फुयाल,राजेन गुरुङज्यू, डा.विशाल गुरुङ,राजेशमणी लामिछाने,जीवन कुमार श्रेष्ठर पहिलो चोटी स्कटल्याण्डबाट मनोनित  शशी कार्की स्कटल्याण्ड रहनु भयको छ।

कार्यक्रममा बोल्दै गैर आवासीय नेपाली संघका केन्द्रिय अध्यक्ष डा.बद्री  केसीले नेपालको संविधानले आर्थिक,सामाजिक तथा सांस्कृतिक अधिकार सहितको गैर आवासीय नेपाली नागरिकता प्रदान गरेपनि आफूहरुको लक्ष्य पूर्ण अधिकार सहितको नागरिकताको माग रहेको बताउनु भएको थियो।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?