१४ भाद्र, २०८१
शीतलपाटीन्युज डटकम।
लण्डन।नेपालको समसामयीक राजनिती एवम जनजीवनका बिषयमा जनचेतमा फैलाउन आवस्यक देखिएको भन्दै बेलायतमा प्रबासी नेपाली एकता समाज बेलायतले अन्तरक्रिया गर्ने भयको छ। प्रबासी नेपाली एकता समाज बेलायतका महासचिव रमेश शाही ठकुरीले शीतलपाटीन्युज डटकमलाई सो कुराको जानकारी दिनु भएको छ।
प्रबासी नेपाली एकता समाज बेलायतका अध्यक्ष रोसन सापकोटाका अनुसार सो अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र नेपालका अध्यक्ष, पुर्व उपप्रधानमन्त्री एवम जलश्रोत मन्त्री राजेन्द्र प्रसाद लिड्गदेन आउने र कार्यक्रममा प्रमुख अतिथी रहनु हुने बताउनु भयको छ। सो कार्यक्रममा अर्का अतिथी पार्टी प्रबक्ता,पार्टीका प्रमुख सचेतक एवम माननीय सांसद ज्ञानेन्द्र बहादुर शाही एवम प्रवास बिभाग प्रमुख एवम केन्द्रि सदस्य आनन्द अधिकारी पनि आउनु हुने जनाइएको छ।
बेलायतबासी नेपाली अभियन्ताहरुलाई समेत निमन्त्रणा गरीएको अन्तरक्रिया कार्यक्रममा गैर आवासीय नेपालीका बारेमा, गोर्खा समस्याका बारेमा र नेपाली नागरीकता निरन्तरताका बारेमा छलफल हुने छ।
२२ सेप्टेम्बरको ११ बजे आईतबार बिहानबाट Empire Hall Aldershot GU11 1DJ मा हुने भयको छ।