Tuesday May 20, 2025

वीरयोद्धा वंशु गुरुङका सन्ततिले सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङलाई दिए बधाई

१५ भाद्र, २०८१ शीतलपाटीन्युज डटकम। 1300


वीरयोद्धा वंशु गुरुङका सन्ततिले सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङलाई दिए बधाई

शीतलपाटीन्युज डटकम।
नेपाल। सिकारी सरदार वंशु (वंश) गुरुङ स्मृति प्रतिष्ठानले सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङलाई बधाई तथा शुभकामना ज्ञापन गरेको छ।

कार्यक्रमको सिलसिलामा पोखरा आएका नेपाल सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री गुरुङलाई शनिवार प्रतिष्ठानको तर्फबाट कार्यकाल सफलताको शुभकामना दिइएइको हो ।

कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष क्या. लालजंग गुरुङले सञ्चारमन्त्रीलाई फेटा गुथाएर सफल मन्त्री बन्न शुभकामना दिए ।

त्यस्तै, प्रतिष्ठानका पदाधिकारीहरु क्या. चिनबहादुर गुरुङ, बिनु गुरुङ, राजेश गुरुङ, बुद्धिबहादुर गुरुङ, यामबहादुर गुरुङ लगायतले खादा लगाएर बधाई दिएका थिए ।

मन्त्री गुरुङले प्रतिष्ठानसँग सहकार्य गरेर काम गर्ने प्रतिवद्धता जनाए ।

प्रतिष्ठानले शुक्लागण्डकी नगरपालिका १२ ढोर जस्पुरमा निर्माण गरेको सिकारी सरदार वंशु (वंश) गुरुङको शालिक गण्डकी प्रदेशमा मुख्यमन्त्री हुँदा २०७६ कात्तिक ९ गते मन्त्री गुरुङले अनावरण गरेका थिए ।
(साभार-ABC News)



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?