Saturday February 08, 2025

पौरखी नेपालको साधारणसभाबाट बेलायत निवासी पुनम गुरुङ बनिन् पौरखी राजदूत

१६ भाद्र, २०८१ शीतलपाटीन्युज डटकम। 1349


पौरखी नेपालको साधारणसभाबाट बेलायत निवासी पुनम गुरुङ बनिन् पौरखी राजदूत

शीतलपाटीन्युज डटकम।
काठमाडौँ। वैदेशिक रोजगारबाट स्वदेश फर्किएका महिला कामदारको संस्था पौरखी नेपालको २२औँ साधारणसभा तथा आठौँ अधिवेशन सम्पन्न भएको छ ।

बिहीबार काठमाडौँमा सम्पन्न साधारणसभाको श्रम,रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले उद्घाटन गरेका थिए। सो अवसरमा बेलायत निवासी समाजसेवी पुनम गुरुङलाई पौरखी राजदूतको प्रमाणपत्र प्रदान गरिएको थियो। 

संस्थाको लक्ष्य र मिसनलाई अगाडि बढाउनमा उनको समर्पण र उदाहरणीय सेवाको कदर स्वरूप उनलाई राजदूत बनाइएको अध्यक्ष सत्राकुमारी गुरुङले जनाएकी छन् ।  पुनम एनआरएनए यूकेका पूर्वअध्यक्ष,तमु धीं आमा संस्थापक अध्यक्ष र बुद्धिस्ट गुम्बा रेडिङको संस्थापक सदस्य तथा सल्लाहकार समेत हुन्। 
यस्तै,लैंगिक अधिकार तथा नीति विशेषज्ञ चाँदनी जोशी तथा पौरखी नेपालको रणनीतिक सल्लाहकार मञ्जु गुरुङलाई पनि सम्मान गरिएको थियो। 

कार्यक्रमको प्रमुख अतिथि रहेका मन्त्री भण्डारीले घरेलु कामदारलाई व्यवस्तित बनाउन सरकार लागि परेको बताएका थिए । वैदेशिक रोजगारमा अधिकांश महिलाहरू घरेलु कामदारमा जाने गरेको भएता पनि उनीहरूलाई तालिम र सूचनाको अभाव रहेको उनको भनाइ थियो। 
कार्यक्रममा राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुली, मानव अधिकार आयोगका सचिव मुरारीप्रसाद खरेल,पौरखी नेपालका महासचिव सिन्धु अर्याल, सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालका अध्यक्ष चिरञ्जीवी बराललगायतले बोलेका थिए।

पौरखी नेपालले स्थापनादेखि नै विशेष गरी वैदेशिक रोजगारीमा महिलाहरूको पक्षमा वकालत गर्दै आएको छ।

(साभार-गोर्खा मिडिया)



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?