२४ भाद्र, २०८१
शीतलपाटीन्युज डटकम।
लन्डन। साहारा यूकेका निवर्तमान अध्यक्ष ले.रि. कुसाङ गुरुङलाई पितृशोक परेको छ।ले.रि. कुसाङका बुबा डिलबहादुर गुरुङको ९१ वर्षको उमेरमा भाद्र २४ गते आफ्नै निवास नवलपरासीको सुनवल नगरपालिका १ मा निधन भएको हो।
डिलबहादुर पुर्ख्यौली पर्वत जिल्ला फलेवास नगरपालिका वडा नं ८ खाल्टे भई हाल नवलपरासी सुनवल नगरपालिका १ किर्तिपुरमा बस्दै आएका थिए।सोमबार बिहानसम्म सामान्य अवस्थामा रहेका डिलबहादुरको अकस्मात निधन भएको उनका जेठा छोरा लेरि कुसाङले जानकारी दिनु भयको छ। वि.सं. १९९० सालमा जन्मिएका डिलबहादुरका ५ छोराहरु छन्।
दिवंगत डिलबहादुरको यही बुधबार तमु संस्कार अनुसार सुनवलस्थित स्थानीय घाटमा अन्त्येष्टि गर्ने कार्यक्रम छ ।