Friday February 14, 2025

यती इन्टरनेसनल नेपाली फिल्म अवार्डमा उत्कृष्ट अभिनेता अनमोल केसी र उत्कृष्ट अभिनेत्री केकी अधिकारी

३१ भाद्र, २०८१ शीतलपाटीन्युज डटकम। 1321


यती इन्टरनेसनल नेपाली फिल्म अवार्डमा उत्कृष्ट अभिनेता अनमोल केसी र उत्कृष्ट अभिनेत्री केकी अधिकारी

शीतलपाटीन्युज डटकम।
लण्डन । यती इन्टरनेसनल नेपाली फिल्म अवार्ड २०२४ लण्डनमा हालै सम्पन्न भएको छ। शनिबार साँझ लण्डनको ग्रिनफोर्ड हलमा आयोजित बृहत कार्यक्रमका बीच उत्कृष्ट मनोनयनमा रहेका मध्येबाट सर्वोत्कृष्ट घोषण गरिएको हो। अनमोल केसी फर्की फर्कीबाट सर्वोत्कृष्ट अभिनेता र केकी अधिकारी प्रसाद २ बाट सर्बोकृष्ट अभिनेत्री ठहरिएका छन्।


नेपाली चलचित्र क्षेत्रको अन्र्तराष्ट्रिय बजार बिस्तार, कलाकार,निर्माता,निर्देशक तथा प्राविधिकहरुलाई सम्मान,पुरस्कार तथा प्रोत्साहन गर्ने हेतुले आयोजना गरिएको इन्फा अवार्डमा जारी सर्वोत्कृष्ट फिल्म घोषित भएको छ भने उपेन्द्र सुब्बा सुब्बाले सर्वोत्कृष्ट निर्देशकको अवार्ड हात पारेका छन्।


सर्वोत्कृष्ट कथा/पटकथाको अवार्ड दिमाग खराबबाट आकाश बरालले हात पार्दा प्रसाद २ बाट अर्पण थापा सर्वोत्कृष्ट खलपात्र ठहरिएका छन्। सर्वोत्कृष्ट छाँयाकार प्रसाद २ बाट राजेश श्रेष्ठ, फर्की फर्कीबाट सुरेन्द्र पौडेल सर्वोत्कृष्ट सम्पादक,प्रकाश सपुत सर्वोत्कृष्ट संगीतकार बोक्सीको घर (बुझिन मैले), कालि प्रसाद बास्कोटा सर्वोत्कृष्ट पार्श्वगायक चरी बस्यो (जारी),समिक्षा अधिकारी बोक्सीको घर(बुझिन मैले) सर्वोत्कृष्ट पाश्र्वगायिका,सर्वोत्कृष्ट नृत्य निर्देशक पुजार सार्कीबाट शिशिर खत्री (दर्शन गरें) ले अवार्ड हात पारेका छन्।
यता बर्ष २०२४ को पप्पुलर अभिनेताको अवार्ड दयाहाङ राईले फिल्म जारीबाट हात पारेका छन् भने यही फिल्मबाट मिरुना मगरले पपुलर अभिनेत्रीको अवार्ड हात पारेकी छिन्। सर्वोत्कृष्ट अभिनेता जुरी तर्फ पुजार सार्कीबाट प्रदीप खड्का र सुपला सापकोटा बोक्सीको घरबाट अभिनेत्रीको अवार्ड जित्न सफल भएका छन्।
पब्लिक च्वाईस तर्फ सर्वोत्कृष्ट अभिनेताको अवार्डमा पल शाहले जित्न सफल भएका छन भने सर्वोत्कृष्ट अभिनेत्री जसिता गुरुङ ठहरिएकी छिन्।पर्फमर अफ दि एयरको अवार्ड मोडल तथा डान्सर शुशान्त खत्रीले जीत्दा इन्करेजमेन्ट अवार्ड फिल्म लण्डन टु पेरिसबाट गरिमा शर्माले हात पारेकी छिन्।साथै लाईफटाईम एचिभमेन्ट अवार्डबाट नेपाली फिल्म क्षेत्रमा लिजेन्ड्री एक्टर भुवन केसी सम्मानित भएका छन्।

आवस्यक समन्वय गरी कार्यक्रम भब्य सफल पार्न यती नेपाली एशोसियन युकेका अध्यक्ष पिपला देवान,पूर्वअध्यक्ष उमेश मोक्तान र महासचिव टंक भट्टराई र उपमहासचिव आशिषराज पंतले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
 



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?