Saturday February 08, 2025

तमुधीं यूकेको १३औं कार्यसमितिका लागि निर्वाचन हुदै,निर्वाचन संयोजक एकेन्द्र गुरुङ

३१ भाद्र, २०८१ शीतलपाटीन्युज डटकम। 1184


तमुधीं यूकेको १३औं कार्यसमितिका लागि निर्वाचन हुदै,निर्वाचन संयोजक एकेन्द्र गुरुङ

शीतलपाटीन्युज डटकम।
लन्डन। तमु धीं यूकेको १३औं कार्यसमितिका लागि निर्वाचन मण्डल घोषणा गरिएको छ। अध्यक्ष हरि गुरुङको अध्यक्षतामा यही ११ सेप्टेम्बरमा जुममार्फत बसेको बैठकले १४ डिसेम्बर २०२४ मा हुने १३ औं अधिवेशनका लागि एकेन्द्र गुरुङको संयोजकत्वमा निर्वाचन मण्डल घोषणा भएको हो।

निर्वाचन मण्डलमा सल्लाहकार मेजर कृष्ण गुरुङ र सल्लाहकार क्याप्टेन बालकृष्ण गुरुङ सदस्य रहनु भएको छ। एकेन्द्र यसअघि बाह्रौं कार्यसमितिमा पनि निर्वाचन मण्डल संयोजक थिए। उक्त दिन २५औँ वार्षिक साधारणसभा समेत हुने कार्यक्रम छ।
 

तमु धीं यूकेको वर्तमान अध्यक्ष हरि गुरुङ २६ डिसेम्बर २०२२ मा भएको १२औ महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका थिए। उहाको दुई वर्ष कार्यकाल सकिन लागेकोले नयाँ कार्यसमितिका लागि निर्वाचन प्रक्रिया सुरु गरीएको हो। निर्वाचनमा १ अध्यक्ष,१ बरिष्ठ उपाध्यक्ष,२ उपाध्यक्ष, १ महासचीव १ उपमहासचिव,१ कोषाध्यक्ष १ सहकोषाध्यक्ष,१ मिडीया सेक्रेटरी लगायत सदस्यहरु चुनिने प्रावधान छ।

यस पुर्व तमु धीं यूके आमा समूहको अध्यक्षमा सन्ध्या गुरुङ निर्वाचित भएकी थिइन्।
(श्रोत- गोर्खा मिडीया)



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?