Monday November 04, 2024

नेपाली राजदूतावास लण्डनबाट कार्यकाल पुरा गरेर फर्कने कूटनीतिज्ञहरुको विदाई

५ आश्विन, २०८१ शीतलपाटीन्युज डटकम। 1130


नेपाली राजदूतावास लण्डनबाट कार्यकाल पुरा गरेर फर्कने  कूटनीतिज्ञहरुको विदाई

शीतलपाटीन्युज डटकम।
लन्डन। नेपाली राजदुताबास लण्डनमा आफ्नो  ४ वर्षे कार्यकाल सकेर नेपाल फर्कन लागेका लन्डनस्थित नेपाली दूतावासकी उपनियोग प्रमुख (हाल कार्यवहाक राजदूत) रोशन खनाल र द्वितीय सचिव रामबाबु नेपाललाई नेपाल पत्रकार महासंघ बेलायत शाखाको अध्यक्ष विमला सेनीको टोलीले राजदुताबास पुगेर भब्य विदाइ गरेको छ भने दूतावासमा आफ्नो जिम्मेवारी सम्हाल्न भर्खर आएका तृतीय सचिव झुपलाल पुनको स्वागत सम्मान समेत गरेको छ।

शुक्रबार सांझ लन्डनस्थित दूतावास भवनमा अध्यक्ष सेनेले फर्कन लागेका डिप्लोम्याट्सहरुको भावी करिअरमा अझ प्रगति होस् भन्ने शुभकामना पनि दिदै पुनको बेलायत कार्यकाल सफलताको कामना समेत गर्नु भयको थियो।

नेपाली राजदूतावासका कूटनीतिज्ञहरुबाट महासंघले सूचना संकलन,सम्प्रेषण तथा नेपाली संस्थाका हरेक समारोहमा सहभागिता जनाइ नेपाली समाजलाई पूर्ण साथ दिएको भन्दै आभार व्यक्त गर्नु भयको थियो। सो अवसरमा कार्यवहाक राजदूत खनाल र द्वितीय सचिव नेपालले आफूहरुलाई कुटनितिक कार्य सम्पादन गर्न बेलायतको कार्यकालमा पत्रकारहरुले पूर्ण साथ दिएकोमा आभार व्यक्त गर्नु भयको थियो।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बेलायत शाखाका अध्यक्ष सेने,उपाध्यक्ष शिव भण्डारी,सदस्यहरु गोमा राना,नगेन्द्र नेम्वाङ,वाचस्पति रेग्मी,केन्द्रिय प्रतिनिधि दूत पुन लगायतको सहभागीता थियो।


अहिले दूतावास कर्मचारीहरुको टिम परिवर्तन हुने क्रममा छ  भने आईतबार नया कर्मचारी आउने र कार्यबाहक राजदुत खनाल र नेपाल पनि सोमबार फर्कने तयारीमा हुनुहुन्छ।

साथै बेलायतका लागि प्रस्तावित राजदूत चन्द्रकुमार घिमिरेलाई संसदीय समितिले अनुमोदन गरिसकेको छ भने उपनियोग प्रमुख विपिन दुवाडी छिट्टै लन्डन मिसन आउंदै हुनुहुन्छ।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?