Friday March 21, 2025

“मन सिउने धागो” शर्मिला बर्देवाको नयाँ गीत सार्वजनिक

५ आश्विन, २०८१ शीतलपाटीन्युज डटकम। 1304


“मन सिउने धागो” शर्मिला बर्देवाको नयाँ गीत सार्वजनिक

शीतलपाटीन्युज डटकम।
लन्डन। बेलायत बस्दै आएकी गायिका शर्मिला बर्देवाले नयाँ नेपाली गीत ‘मन सिउने धागो’ बजारमा ल्याएकी छन्। 


नेपाली सुगम संगीतकी चर्चित तथा सदाबहार गायिका बर्देवाले शुक्रबार आफ्नै युट्युब च्यानलमार्फत गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी हुन् । मिरा रानाले कम्पोज गरेको गीतमा प्रमोद स्नेही रानाको शब्द, गायिका बर्देवा स्वयंको स्वर र मनोहर सुनामको एरेञ्ज रहेको छ। 
म्युजिक भिडियोमा क्रिस्टिना केसी र पेमा दावा लामाले अभिनय गरेका छन् । नरेश ऐर र टिमले खिचेको भिडियो मिन रावलले सम्पादन गरेका हुन् । निर्देशक उत्तम श्रेष्ठ शिशिर तथा प्रोड्युसर सरोज परियार रहेका छन्। 
युट्युब च्यानलमा गएर गीत सुनेर/ हेरेर प्रतिक्रिया दिन गायिका बर्देवाले अनुरोधसमेत गरेकी छन्। उनका ‘फूलको जवाफ’, ‘मेरो हजुरलाई’, ‘तस्वीरमै यस्तो’लगायत दर्जनौँ गीत चर्चित छन्।


(गोर्खा मिडीया)



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?