Monday November 04, 2024

बुध्द फाउन्डेसन युके

५ आश्विन, २०८१ शीतलपाटीन्युज डटकम। 1087


बुद्ध फाउन्डेसन यूके नेपाल 

विधान २०१८ 

संसोधन:२०२१

प्रस्तावित परिमार्जन २२ सेप्टेम्बर २०२४

प्रस्तावना:-

भगवान गौतम बुद्दको शान्ति संदेशको सान्दर्भिकता बढ्दै गएको  वर्तमान विश्व  परिप्रेक्ष्यमा  बुद्ध र बुद्ध्वत्वको आत्मसात गर्दै वैदिक सनातन धर्मको एक अभिन्न अंग र पूर्वीय दर्शनमा बुद्द सन्देशको महिमा लाई उजागर गर्दै  बेलायतमा बसोवास गर्ने नेपाली समुदाय बिषेशत भगवान गौतम बुद्दको जन्मस्थल नेपालको कपिलवस्तु क्षेत्रका नेपाली हरुको पहलमा नेपालको कपिलवस्तु लाई बुद्द  जन्मभूमिको रुपमा चिनारी गराउदै बुद्ध दर्शनको अपरम्पार महिमा र ज्ञान अनुसरण गर्दै नेपाली परिप्रेक्ष्यमा भगवान बुद्दको ज्ञान परिभाषित गर्दै नेपाल लाई बुद्द जन्मस्थलको रुपमा पहिचान दिलाउने लक्ष्यका साथ बुद्द फाउन्डेसन यूकेको स्थापना भएको हो ।

परिच्छेद – १

 

प्रारम्भिक

(१) नाम र प्रारम्भः–

(क) यस विधानको नाम “.बुद्द फाउन्डेसन यूके” रहेको छ ।

(ख) यो विधान कार्यसमितीको बैठकले पास गरेको मिती देखि लागु हुनेछ ।

 

(२) परिभाषाः–

विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस विधानमाः–

(क) “संस्था” भन्नाले बुद्द फाउन्डेसन यूके  लाई जनाउने छ ।

(ख) “विधान” भन्नाले बुद्द फाउन्डेसन  यु.के. को विधानलाई जनाउने छ ।

(ग) “नियमावली” भन्नाले यस विधान अन्तर्गत बनेको नियमावलीलाई जनाउने छ ।

(घ) “अध्यक्ष” भन्नाले यस संस्थाको कार्य समितिको अध्यक्षलाई जनाउने छ ।

(ङ) “कार्यसमिति” भन्नाले यस विधान अन्तर्गत गठित कार्य समितिलाई जनाउने छ ।

(च) “सदस्य” भन्नाले यस संस्थाको विधानले व्यवस्था गरे अनुरुप  सदस्यता ग्रहण गरेको व्यक्तिलाइ जनाउने छ ।

(३) संस्थाको चिन्ह (लोगो):-

यस संस्थाको चिन्ह (लोगो) माथि अङ्कित चिन्ह बमोजिम हुनेछ ।

परिच्छेद – २

उद्देश्य

(४) संस्थाको उद्देश्यः–

सस्थाको मुख्य उद्देश्यहरु :

भगवान गौतम बुद्दको जन्मस्थल पवित्र भूमी नेपाल तथा बौद्द दर्शनको उद्गम स्थल पूर्वीय दर्शनको प्रादुर्भाव भएको स्थानहरुको महत्व र गरिमालाई विश्व समुदाय माझ चिनाउदै मानव जीवनमा बौद्द धर्मको महिमा उजागरको लागी क्रियाशील रहने ।

साथै बौद्द  धर्म संस्कृति दर्शन, साहित्य तथा  पहिचानको संरक्षण एवम् सम्बर्दन गर्दै विश्व शान्तिको लागी बौद्द दर्शनको महत्व लाई संसार भर फैलाउदै  समाजमा भातृत्व, एकता, शान्तिको लागी काम गर्ने र सो उद्देश्य प्राप्तीको लागि मुख्यत  निम्न लिखित कार्यहरु गर्ने 

(क) बुद्द  धर्म सस्कृतिमा विश्वास राख्ने एवम् ओमकार परिवार भित्र पर्ने हिन्दु  बौद्ध, जैन, शिख, नागा, बोन, किरात सम्प्रदायमा विश्वास गर्नेहरु बीच बलियो एकताको लागि मुलतः सनातन धर्मको रुपमा बौद्द दर्शनको प्रचार प्रसार गर्ने र त्यसको लागी आपसी अन्तरक्रिया, सेमिनार, गोष्ठी, सभा सम्मेलनको आयोजना गर्ने । 

(ख) “सेवा नै धर्म हो–धर्म नै सेवा हो ” भन्ने मान्यतालाई आत्मसात गर्दै समाजको अशक्त, वृद्द बृद्दा  गरीब निसहाय वालवालिकालाई सक्दो सहयोग र  सेवा गर्ने । विश्व बौद्ध समुदायमा र विशेषत  नेपाली एबं पूर्वीय पहिचान बोकेका सामाजिक समुदायमा  आपसी हित तथा सहयोगी भावनाको विकास गर्दै  संस्थागत रुपमा सामाजिक क्रियाकलाप हरुमा क्रियाशील रहने  ।

(ग) बेलाबेलामा धार्मीक-आध्यात्मिक  प्रवचन, योग शिवर लगायतका  कार्यक्रम गरेर खास गरि हाम्रो समाजका नयाँ सन्तति लाई हाम्रो बौद्दिक दर्शन, सस्कृतिबारे अवगत गराउने । 

(छ) सस्थाको वृह्त्तर हितको लागि विभिन्न व्यक्ति सस्थाबाट नगद जिन्सी प्राप्त गर्न   प्रयास गर्ने । 

(ज) सस्थाको वेबसाईट  मार्फत ज्ञानबद्र्धक लेखहरु लेखेर बौद्ध  धर्म सस्कृति साहित्य  एवं दर्शनबारे प्रचार प्रसार गर्ने । 

(झ) नेपाली धर्म, सस्कृति, दर्शन, साहित्य बारे सामान्य आधारभूत जानकारी दिन सामान्य ज्ञान पुस्तीका लगायतका ज्ञानवर्दक  सामाग्री प्रकाशित गर्न प्रयास गर्ने। 

(ञ) यु.के.,  नेपाल र  संसारभरिका बौद्ध तथा ओमकार परिवार भित्र पर्ने सबै सम्प्रदायसंग  जीवन्त सम्पर्क गर्दै आपसी सहकार्य र भाईचाराको बिकास गर्ने । 

(ट) बुद्ध फाउन्देशन यूकेको स्थापना बेलायत बाटै भएको परिप्रेक्षमा बुद्ध फाउन्देशन यूके लाई केन्द्र मान्दै अन्तरदेशीय तथा अन्तर्राष्ट्रिय शाखाहरुको विस्तार गर्ने  ।

(ठ) बुद्दको जन्स्थल नेपालमा बुद्द फाउन्डेसन यूकेको पहलमा बिभिन्न परोपकारी तथा मानवीय कार्यहरु गर्ने । 

(ड) समग्र पूर्वीय दर्शन र ज्ञानको अन्तर सम्बन्धलाई आत्मसात गर्दै नेपाली संस्कार र जीवनशैलीको रुपमा अंगालिएको सनातन धर्मको एक अभिन्न अंगको रुपमा बुद्द ज्ञानको विश्वव्यापी प्रचार प्रसार गर्ने ।  

ढ) च्यारिटी कमिसन यूकेको वैधानिक नमुना अनुसार च्यारिटेबल कार्यहरु गर्ने ।

परिच्छेद ३

सदस्यता र सदस्यताको किसिम

(क) साधारण सदस्य :  यस सस्थाको घोषित उद्देश्यलाई स्वीकार गरि सदस्यता फारम रितपूर्वक  भरी ५०.००(पचास) पाउण्ड  सदस्यता शुल्क  तिरेपछि १८ वर्ष पुगेका महिला वा पुरुष जो पनि यस सस्थाको साधारण सदस्य हुन सक्नेछ । 

(ख) बिशेष  सदस्य : धर्म गुरु, धार्मिक तथा आध्यात्मीक क्षेत्रमा बिशेष योगदान दिनु भएका वौद्धिक व्यक्तित्वहरुलाई सस्थाको  विशेष अतिथि सदस्यको रुपमा सम्मानित गर्न सकिनेछ । 

(ग) आजीवन सदस्य : यस सस्थाको घोषित उद्देश्यलाई स्वीकार गरि सदस्यता फारम रितपूर्वक  भरी एकमुष्ठ रुपमा २००.००( दुई सय ) पाउण्ड सदस्यता शुल्क बुझाए पश्चात  यस सस्थाको आजीवन सदस्य बन्न सकिने छ । 

( च) साधारण सदस्यताको नवीकरण प्रत्येक साधारण सभा वा विशेष साधारण सभा अगाडी नै गरि सक्नु पर्नेछ। 

सदस्यताको समाप्ती -

(क) कुनै पनि सदस्यले कार्य समिती समक्ष लिखित राजीनामा दिएमा र सो राजीनामा समितीको शिफारिसमा  ले  स्वीकृत गरेमा । 

(ख) साधारण सदस्यले सदस्यता नवीकरण नगरेमा साधारण सदस्यता खारेज हुनेछ । 

(ग) कुनै पनि सदस्य शारीरिक वा मानसिक रुपमा पुरै अशक्त भएको प्रमाणित भएमा । 

(घ) सदस्यको मृत्यु भएमा । 

(ङ) कुनै पनि  सदस्यले सस्थाको मूल उद्देश्य विपरित काम गरेको भनेर साधारण  सभा को सामान्य बहुमत अथवा साधारण सभा नभएको अवस्थामा कार्य  समितीको  सामान्य बहुमतले  पारित गरेमा ।

साधारण सभा

८) साधारण सभा सम्बन्धी व्यवस्था देहाय बमोजिम हुनेछः–

 

(क) साधारण सभा यस संस्थाको सर्वोच्च अंङ्ग हुनेछ ।

(ख) साधारण सभाको अध्यक्षता कार्यसमितिका अध्यक्षले गर्नेछन् ।

(ग) सधारण सभाको लागि पचास प्रतिशत सदस्यसंख्याको उपस्थिति आवस्यक हुने छ ।

९) साधारण सभाको कार्यविधि देहाय बमोजिम हुनेछः–

(क) साधारण सभाको बैठक वर्षको १ पटक अनिवार्य रुपमा र अरु बेला आवश्यकता अनुसार बस्न सक्नेछ ।

(ख) संस्थाको २५ प्रतिशत सदस्यहरुले कारण समेत देखाई साधारणसभाको माग गरेमा १ महिना भित्र साधारण सभाको बैठक बोलाउनु पर्नेछ ।

(ग) अध्यक्षको निर्देशनमा कार्यकारी समितिको महासचिव ले बैठक बस्ने स्थान, मिति, समय र विषय समेत उल्लेख गरी  साधारण सभाको बैठकको सूचना १५ दिन अगावै जारी गर्नु पर्नेछ ।

साधारण सभाको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–

(क) संस्थाको नीति तथा कार्यक्रम स्वीकृत गर्ने ।

(ख) संस्थाको वार्षिक कार्यक्रम तथा बजेट पारित गर्ने ।

(ग) वार्षिक लेखापरीक्षण प्रतिवेदन स्वीकृत गर्ने ।

(घ) कार्य समितिका पदाधिकारी तथा संस्थाका सदस्यहरुले विधान विपरित वा संस्थाको हित विपरित काम गरेमा कारवाही  गर्ने ।

(ङ) कार्य समितिलाई आवश्यक निर्देशन दिने ।

(च) यो संस्था एक गैर राजनीतिक सामाजिक संस्था भएकोले यस संस्थाभित्र जात, धर्म, वर्ण, लिङ्ग, भाषा, क्षेत्र आदिका  आधारमा विभेद तथा विवाद गरिने छैन ।

परिच्छेद – ५

कार्य समिति

१०) कार्य समिति सम्बन्धि व्यवस्था देहाय बमोजिम हुनेछ

(क) संस्थाको कार्य संचालन गर्न देहाय बमोजिमका पदाधिकारीहरु रहेको कार्य समिति गठन गरिनेछ ।

१) अध्यक्ष    – १ जना

२) उपाध्यक्ष    – २ जना

३) महासचिव   – १ जना

४) सचिव    – १ जना

५) कोषाध्यक्ष    – १ जना

६) सह-कोषाध्यक्ष  - १ जना

७) सदस्य    –  ६ जना

निर्वाचित कार्यसमितीको निर्णय बमोजिम आवश्यक ठानेमा २ जना सम्म मनोनित सदस्य नियुक्त गर्न सकिने छ। कार्यसमितीले आवश्यकता अनुरुप कार्यसमिती भित्रैबाट बिभिन्न विभागीय संयोजक तथा प्रवक्ता लगायतका जिम्मेवारी प्रदान गर्न सक्ने छ ।

(ख) कार्यसमितिका पदाधिकारीहरुको पदावधि ३ वर्षको हुनेछ । ३ बर्ष पछिको भेलाले नयाँ कार्य समितिको निर्वाचन गर्नेछ ।

(ग) यस संस्थाको कार्य समितिमा उम्मेदवार हुनको निम्ति यस बुद्द फाउन्डेसन यु.के. को विधानको अधिनमा रहेको र “बुद्द फाउन्डेसन यूके”को सदस्यता लिएको हुनुपर्नेछ ।

१२) पद कायम नरहने –

देहायको अवस्थामा कार्यसमितिका पदाधिकारीको पद रिक्त हुनेछः–

(क) कार्य समितिबाट लिखित राजीनामा स्वीकृत भएमा ।

(ख) मृत्यु भएमा ।

(ग) संस्थाको हित विपरित काम गरेको कारण जनाई साधारण सभाबाट निर्णय पारित गरी हटाइएमा ।

(घ) वार्षिक सदस्यता शुल्क नबुझाएमा ।

(ङ ) कुनै फौजदारी मुद्दा बाट दोषी ठहर भएको व्यक्तिको हकमा ।

१३) कार्य समितिको बैठक निम्न बमोजिम बस्नेछः–

(क) कम्तिमा वर्षको ४ पटक कार्य समितिको बैठक बस्नेछ ।

(ख) कार्य समितिको बैठकको सूचना अध्यक्षको निर्देशन अनुसार  सचिव ले दिनुपर्नेछ ।

१४) कार्य समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–

(क) संस्थाको उद्देश्य अनुरुप आवश्यक नीति, नियम तथा कार्यक्रम र बजेट तर्जुमा गर्ने ।

(ख) संस्थाद्वारा सञ्चालित कार्यक्रमहरुको संयोजन र निरीक्षण गर्ने ।

(ग) साधारण सभाबाट पारित निर्णयहरु कार्यान्वयन गर्ने ।

(घ) संस्थालाई आवश्यक पर्ने भौतिक सामानहरुको व्यवस्था गर्ने ।

(ङ) संस्थालाई आवश्यक पर्ने जनशक्तिको व्यवस्था गर्ने ।

(च) सल्लाहकार परिषद् गठन गर्दा परिषद्को सदस्य संख्या तोक्ने ।

(छ) संस्थाको कार्यकारी निकायले गर्नुपर्ने अन्य कामहरु गर्ने ।

१५) कार्यसमितिका अन्य अधिकार र कर्तब्य ।

(क) संस्थाको सदस्यता लिएका सदस्यहरुलाई संस्थाबाट दिइने सुविधा समानरुपले प्रदान गरिने छ ।

१६) अध्यक्षको काम, कर्तव्य र अधिकार :–

(क) संस्था प्रमुखको हैसियतले संस्थाको उद्देश्य, आदर्श, सिद्धान्त र मर्यादालाई उच्च राख्ने र राख्न लगाउने तथा संस्थालाई सबल र संक्षम संगठनका रुपमा सञ्चालन गर्न नेतृत्व प्रदान गर्ने ।

(ख) कार्य समितिको बैठक बोलाउने ।

(ग) बैठकको अध्यक्षता गर्ने ।

(घ) बैठकबाट पारित निर्णयहरुको कार्यान्वयन गर्ने र गराउने ।

(ङ) बेठकमा कुनै पनि विषय उपर मत बराबर भएमा निर्णायक मत दिने ।

७) उपाध्यक्षको काम, कर्तव्य र अधिकार:-

(क) अध्यक्षको अनुपस्थितिमा कार्यवाहक अध्यक्षको काम गर्ने ।

(ख) अध्यक्षको निर्देशनमा तोकिएको काम गर्ने साथै अध्यक्षको कार्य संचालनका लागि सहयोग गर्ने र महत्वपूर्ण विषयहरुमा अध्यक्षलाई जानकारी गराउने ।

१८) महासचिव को काम, कर्तव्य र अधिकारः–

(क) अध्यक्षको निर्देशन अनुसार बेठक बोलाउने ।

(ख) संस्थाको दैनिक कार्य  सञ्चालनको व्यवस्था मिलाउने ।

(ग) बैठकका निर्णयहरुलाई लिखितरुपमा राख्ने व्यवस्था गर्ने ।

(घ) वार्षिक प्रतिवेदन साधारण सभामा प्रस्तुत गर्ने ।

१९)सह-सचिवको काम, कर्तव्य र अधिकार:-

(क) अध्यक्ष तथा सचिव को निर्देशानुसार तोकिएको कार्य गर्ने ।

(ख) सचिव को अनुपस्थितिमा निमित्त भई कार्य गर्ने ।

(ग) बैठकले निर्देशन गरे अनुरुप निर्णय कार्यान्वयन गर्ने गराउने ।

२०) कोषाध्यक्षको काम, कर्तव्य र अधिकार:-

(क) संस्थाको कोष सम्बन्धी सम्पूर्ण जिम्मेवारी कोषाध्यक्षको हुनेछ ।

(ख) स्वीकृत बजेट र कार्य  समितिको निर्णय वा निर्देशन अनुसार आर्थिक कारोबार सञ्चालन गर्ने र संस्थाको चल अचल सम्पत्तिको लेखा राख्ने तथा संरक्षण गर्ने, गराउने ।

(ग) अध्यक्षको निर्देशन अनुसार कोष संचालन गर्ने ।

२२) सदस्यहरुको काम, कर्तव्य र अधिकार:-

(क) कार्य समितिमा उपस्थित भएर योजना र कार्यक्रमहरु तर्जुमा गर्ने र सम्पन्न गर्नमा सयोग एवं सुझाव दिने ।

(ख) अध्यक्ष र सचिवको निर्देशन अनुसार काम गर्ने ।

(ग) संस्थाको दैनिक कार्य सञ्चालनको व्यवस्था मिलाउन समितिलाई सहयोग गर्ने ।

परिच्छेद – ६

आर्थिक व्यवस्था

२४) कोषको व्यवस्था:-

१)  संस्थाको आफ्नै एउटा कोष रहनेछ । उक्त कोषमा देहाय बमोजिम रकमहरु जम्मा गरिनेछः–

क) स्थानीय प्रशासनको स्वीकृति लिई संस्थाद्वारा सञ्चालित कार्यक्रमहरुबाट प्राप्त हुने रकम ।

ख) सदस्यहरुबाट प्राप्त वार्षिक शुल्क ।

ग) दातृ निकाय तथा ब्यक्तिहरुबाट प्राप्त अनुदान, सहयोग रकम ।

२) कोष संचालन:- कोषको संचालन अध्यक्ष,महा सचिव र कोषाध्यक्षको संयुक्त हस्ताक्षरबाट हुनेछ र ३ जना मध्ये कुनै २ जनाको दस्तखत बाट दैनिक कार्य संचालन गरिने छ ।

२५) लेखा परीक्षण:-

लेखापरीक्षण प्रतिवेदन प्रत्येक वर्ष साधारण सभाबाट स्वीकृत गराईनेछ । लेखापरीक्षण प्रतिवेदन कार्य समितिले तोकेको व्यक्तिहरुबाट हुनेछ ।

परिच्छेद – ७

सल्लाहकार परिषद्:-

२६) सल्लाहकार सम्बन्धी व्यवस्था –

संस्थाको उद्देश्य कार्यान्वयन गर्नका लागि आवश्यक परामर्श गर्न संस्थाको अध्यक्षको सिफारिसमा विभिन्न पदमा रही काम गरेका सदस्यहरुलाई समावेश गरी एक सल्लाहकार समिति गठन गर्न सकिनेछ । आवस्यक संख्यामा कार्यसमितिले सल्लाहकार समिति चयन गर्ने छ । सल्लाहाकारहरुको नियुक्ति यस संस्थाको कार्य समितिको निर्णय बमोजिम गरिने छ ।

परिच्छेद – ८

निर्वाचन:-

२७) निर्वाचन सम्बन्धी व्यवस्था:-

क) नया कार्यसमितिको निर्वाचन हुनुभन्दा १ महिना अगावै निर्वाचन समितीको  मनोनयन कार्य समितिले गर्नेछ ।

ख) निर्वाचनको मिति कार्य समितिले तोक्नेछ ।

ग) निर्वाचन सम्बन्धी अन्य कार्यविधि यस विधानको विपरित नहुने गरी प्रचलित मान्यता अनुरुप निर्वाचन समितिले निर्धारण गरे बमोजिम हुनेछ ।

घ) सदस्यता प्राप्त भै सदस्यता तत्काल कायम रहेका बुद्द फाउन्डेसन यु.के.का सदस्यहरुले निर्वाचनमा मतदान गर्न पाउने छन् ।

परिच्छेद – ९

अविश्वासको प्रस्ताव र स्पष्टीकरणको मौका

२८) अविश्वासको प्रस्तावः–

क) कुनै पनि पदाधिकारी वा सदस्यले संस्थाको विधान र संस्थाको हित विपरित कार्य गरेमा अध्यक्षको हकमा साधारण सभाको कुल सदस्य संख्याको बहुमतले र अन्य पदाधिकारीको हकमा कार्य समितिलाई उचित लागेमा अविश्वासको प्रस्ताव दर्ता गराउन सकिने छ र अविश्वासको प्रस्ताव पारीत हुन न्यूनतम पचास प्रतिशत सदस्य उपस्थित साधारण सभाबाट दुई तिहाई बहुमत अवस्यक पर्ने छ ।

ख) पदबाट हटाउनु भन्दा पहिले आरोपित पदाधिकारीलाई स्पष्टीकरणको अवसर प्रदान गरिनेछ । स्पष्टीकरणको मौका नदिई कसैलाई पदबाट हटाइने छैन ।

२९) कार्यसमिती सदस्यको पदमुक्ति : संस्थाको घोषित उद्देश्य विपरित तथा संस्थालाई हानी पुग्ने क्रियाकलापमा संलग्न कार्यसमिती सदस्यहरुलाई चित्त बुझ्दो स्पष्टीकारण नआएको खण्डमा कार्यसमितीको दुई तिहाई बहुमतको निर्णयमा पदमुक्त गर्न सकिने छ । त्यसैगरी कार्यसमितीको कार्यकारिणी सदस्य संस्थाको लगातार ३ पटकको बैठक सम्म बिना सुचना अनुपस्थित रहेको खण्डमा समेत निस्कृयताको आधारमा उपरोक्त मापदण्डमा रही  पदमुक्त गर्न सकिने छ ।

परिच्छेद – १०

विविध

३०) राजीनामाः– कार्य समितिका पदाधिकारी र सदस्यले दिएको राजीनामा अध्यक्षले र अध्यक्षले दिएको राजीनामा कार्य समितिले स्वीकृत गर्न सक्नेछ ।

३१) नियमावली:- विधानको अधिनमा रही कार्य समितिले आर्थिक लगायत बिभिन्न नियमावली बनाउन सक्नेछ ।

३२) संशोधनः– विधानको कुनै दफा वा उपदफा संशोधन गर्न वा कुनै स्पष्टीकरण थप गर्नु परेमा कार्यसमितिले प्रस्ताव तयार पारी साधारण सभाको सदस्य संख्याको दुई तिहाई बहुमतद्वारा अनुमोदन गरी लागु गरिनेछ ।

३३) निष्कृयताः– संस्थाको विधानमा जेसुकै लेखिएको भएतापनि प्रचलित कानूनसँग बाझिएमा बाझिएको हदसम्म स्वतः निस्कृय भएको मानिनेछ ।

३४) व्याख्याः– यस विधान र यस अन्र्तगत बनेको नियमावलीको व्याख्या गर्ने अधिकार कार्य समितिलाई हुनेछ ।

३५) विघटनः– कुनै कारणवस संस्था विघटन भएमा संस्थाको चल अचल सम्पत्ति साधारण सभाको बहुमतले गरेको निर्णयलाई स्वीकार गरी कुनै उचित काममा लगाइनेछ ।

३६) बाधा अड्काउ फुकाउने अधिकारः–

यो विधान कार्यान्वयन गर्न कुनै बाधा अड्काउ परेमा त्यस्तो वाधा अड्काउ फुकाउने अधिकार कार्यसमितिलाई हुनेछ । कार्य समितिले गरेको त्यस्तो निर्णय पछि साधारण सभा मार्फत अनुमोदन गराउनु पर्नेछ ।

३७) संस्थाको केन्द्र र शाखा विस्तार : संस्थाको केन्द्रिय समितीको रुपमा  'बुद्द फाउन्डेसन यूके' रहने गरी युकेब्यापी र नेपाल तथा विश्वका अन्य देशहरुमा संस्थाको शाखा विस्तार गर्न सकिने छ । बुद्द फाउन्डेसन यूकेको विधानलाई आत्मसात गर्दै यसले निर्दिष्ट गरेका लक्ष प्राप्तिमा शाखा हरु परिचालित हुन सक्ने छन् । शाखाको स्थापना हुनुपूर्व प्रस्तावना सहितको आवेदन बुद्द फाउन्डेसन यूकेमा दर्ता गराए पश्चात यसको स्विकृतीमा अन्य देशमा शाखा गठन गर्न सकिने छ । यसको अनुमोदन बुद्द फाउन्डेसन यूकेको बिशेष वा नियमित साधारण सभा मार्फत गर्नु पर्ने छ । सम्बन्धित देशका शाखा हरुले केन्द्रिय विधान संग नबाझिने गरी आवश्यक नियमावलीको निर्माण गरी शाखा स्थापना र संचालन गर्न सक्ने छन् ।संस्थाको संरचना तथा निहीत गतिविधी केन्द्रिय विधानले तोके बमोजिम हुने छ । अन्य देशका शाखाहरुको कोष संचालन कार्यविधी बुद्द फाउन्डेसन यूकेको आर्थिक नियमावली अनुरुप हुनु पर्ने छ ।

३८) संरक्षक परिषद : संस्थापक अध्यक्ष प्रमुख रहने गरी पूर्व अध्यक्षहरु सम्मिलित एक संरक्षक परिषद गठन गर्न सकिने छ । संरक्षक  परिषदले  संघलाई संरक्षकत्व प्रदान गर्दै कार्यसमितीलाई मार्ग निर्देशन गर्ने छ ।  

३९) कार्यसमिती अध्यक्षको निम्ती न्युनतम मापदण्डको रुपमा एक कार्यकाल कार्यसमिती अथवा सल्लाहकार समितीमा काम गरेको हुनु पर्ने छ ।

४०) कार्यसमितीमा निर्वाचित हुनको लागि संस्थाको आजीवन सदस्यता लिएको हुनु पर्ने छ ।

परिच्छेद ११ 

यस संस्थाको पूर्व कार्यसमितीले शुरु गरेका कुनै परियोजनाले पूर्णता नपाएको खण्डमा नव निर्वाचित कार्यसमितीले अनिवार्य रुपमा उपरोक्त परियोजनालाई पूर्णता दिने गरी कार्य सम्पादन संचालन गर्नु पर्ने छ । 

     -- समाप्त --

विधान समिती 

१ फडिन्द्र भट्टराई : संयोजक 

२ अर्जुन कटुवाल   : सदस्य 

३ सचिन श्रेष्ठ     : सदस्य 

नोट: प्रस्तावित परिमार्जन / संसोधन : २०२४

1. कार्यसमितीको कुल संख्या घटाएर १३ जना मात्र गरिएको 

2. अनिवार्य विभागीय संयोजक तथा क्षेत्रीय प्रतिनिधी तथा  समितीको प्रावधान हटाईएको 

3. अध्यक्षको उम्मेदवार बन्ने हकमा एक कार्यकाल कार्यसमिती तथा सल्लाहकार बसेको मात्र भए हुने गरी दयारा खुकुलो पारिएको 

4. पूर्व निर्धारित परियोजनालाई निरन्तरता दिने सम्बन्धमा 

 

 

 



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?