Monday February 10, 2025

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवम नेपाल सरकारका पूर्व उपप्रधानमन्त्री राजेन्द्र लिङ्देन बेलायतमा

५ आश्विन, २०८१ शीतलपाटीन्युज डटकम। 1380


राष्ट्रिय प्रजातन्त्र  पार्टीका अध्यक्ष एवम नेपाल सरकारका पूर्व उपप्रधानमन्त्री राजेन्द्र लिङ्देन बेलायतमा

शीतलपाटीन्युज डटकम।

लन्डन। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा नेपालका सरकारका पूर्वउपप्रधानमन्त्री राजेन्द्र लिङ्देनसहितका नेताहरू शनिबार बेलायत आइपुगेका छन्।

लिङ्देन नेतृत्वको राप्रपा नेताहरुको टोली शनिबार मध्याह्न (२१ सेप्टेम्बर २०२४) लन्डनको हिथ्रो एयरपोर्ट ओर्लिएको हो। अध्यक्ष लिङ्देन लगायत नेतालाई प्रवासी नेपाली एकता समाजका अध्यक्ष रोशन सापकोटा,एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहामगर लगायतले विमानस्थलमा स्वागत गरे। उनीहरु पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाजको आइतबार र सोमबार हुने कार्यक्रममा सहभागी हुन बेलायत आएका हुन्।

प्रतिनिधिमण्डलमा पार्टी प्रमुख सचेतक ज्ञानेन्द्र शाही,प्रवास विभाग प्रमुख आनन्द अधिकारी,केन्द्रीय सदस्य हिक्मतजङ्ग कार्की र अध्यक्ष लिङ्देनका श्रीमती सिता थापा छन्। पानसको आयोजनामा यही असोज ७ र ८ गते लण्डन र स्कटल्याण्डमा हुने कार्यक्रममा उनीहरु सहभागी हुनेछन्। साथै प्रतिनिधिमण्डलले त्यहाँस्थित उच्च तहका नेताहरुसँग भेटघाट तथा नेपाली समुदायसँग छलफल गर्ने जनाइएको छ। उनीहरुको भ्रमण टोली १० आश्विन स्वदेश फिर्ता हुने तालिका छ ।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?