Thursday March 20, 2025

पहिलोपटक कार्यक्रम स्टेजमा भजनकीर्तन

६ आश्विन, २०८१ शीतलपाटीन्युज डटकम। 1352


शीतलपाटीन्युज डटकम।
लण्डन। विदेशी भूमिमा पनि नेपाली धर्म,कला, संस्कृति र रीतिरिवाजलाई जगेर्ना गर्दै भावी पुस्तामा हस्तान्तरण गर्न धर्मसांस्कृतिक अभियान युके लागि परेको छ।

गत मङ्गलबार युकेको वेल्स राज्यको राजधानी कार्डिफमा आयोजना भएको एक भव्य सांस्कृतिक कार्यक्रममा धर्म सांस्कृतिक अभियानको भजन उपसमितिले औपचारिक स्टेजमा नै परम्परागत भजन प्रस्तुत गरिएको थियो। वेल्स क्षेत्रका करिब १५० सहभागी उपस्थित उक्त कार्यक्रम इनास वेल्सले आयोजना गरेको थियो। 

कार्यक्रममा उपस्थित सहभागीहरूले प्रस्तुत भजनद्वारा मनका सम्पूर्ण नकारात्मक ऊर्जालाई नष्ट गरी आनन्द प्राप्त भएको प्रतिक्रिया दिएका थिए। भजन उपसमितिका संयोजक प्रेम भण्डारीले भजनका टुक्का प्रस्तुत गरेका थिए। पहिलोपटक प्रस्तुत भजनका विषयमा दर्शक तथा अतिथिहरूद्वारा सकारात्मक प्रतिक्रिया पाएको  आयोजक इनास वेल्स संयोजक तथा कार्यक्रमका सभापति रामदत्त मिश्रले जानकारी दिए। कार्यक्रमका प्रमुख अतिथि इनास युकेका अध्यक्ष सञ्जयभक्त कँडेलले नेपाली संस्कृतिलाई त्यसैगरी विदेशी भूमिमा पनि फैलाउन सक्दो योगदान गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। 
कार्यक्रममा विशिष्ट अतिथि वेल्स art international की डेभलपमेन्ट अफिसर ब्रानवेन डिक्सनले यस्ता सांस्कृतिक विविधताले वेल्स राज्यलाई अझ सम्पन्न बनाएको र भजनमा नाचु नाचु लागेको प्रतिक्रिया दिइन्। कार्यक्रमका अतिथि तथा धर्मसांस्कृतिक अभियानका अध्यक्ष डा. थानेश्वर पाण्डेयले यस्ता धार्मिक संस्कृतिले मानव मनमा भएका नकारात्मक ऊर्जालाई नष्ट गर्दै सहकार्य सहस्तित्व र एकताको सन्देश दिने हुँदा भावी पुस्तालाई यो सिकाउन जरुरी रहेको अभिव्यक्ति दिए।

कार्यक्रममा अन्य अतिथिका रुपमा नेपाली समाज वेल्सकी अध्यक्ष लक्ष्मी केसी,नेपाली भिलेज युके ब्रेकनका कार्यकारी निर्देशक खुसीमान गुरुङ,सल्लाहकार रामचन्द्र पोखरेल,युरोपियन नेपाली समाजकी महासचिव वर्षा खनाल,कलाकार अनु श्रेष्ठ आदिको उपस्थिति थियो। कार्यक्रममा विभिन्न दाताहरूले आर्थिक सहयोग गरेका थिए भने विभिन्न नेपाली सांस्कृतिक नृत्यहरू पनि प्रस्तुत गरिएको थियो। 

कार्यक्रममा नेपालबाट बोलाइएका लोकगायक कृष्ण बम मल्ल र राजन कार्कीले आफ्नो सांगीतिक प्रस्तुति दिएका थिए।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?