८ आश्विन, २०८१
शीतलपाटीन्युज डटकम।
लन्डन- रोयल बरो अफ ग्रीनवीच नेप्लिज सोसाइटीको नेतृत्व लिलादेवी गुरुङलाई हस्तान्तरण गरीएको छ।
गत वर्ष सम्पन्न अधिवेशनबाट निर्वाचित अध्यक्ष गुरुङले आगामी एक वर्षका लागि संस्थाको कार्यकारी नेतृत्व लिएकी हुन्। यसअघि कार्यकारी अध्यक्ष पुण्य रेग्मीले एक वर्षे कार्यकाल पूरा गरी सोमबार सहमती अनुसारको कार्यकारी कार्यभार गुरुङलाई हस्तान्तरण गरेका हुन।
प्लमस्टिडस्थित अस्मिता एशोसिएट्सको कार्यालयमा एक औपचारिक कार्यक्रमबीच दुई अध्यक्षबीच कार्यकारी नेतृत्व हस्तान्तरण गरिएको थियो।
अध्यक्ष गुरुड्गले आफ्नो एक वर्षे कार्यकालमा संस्थालाई बढी सक्रिय र समावेशी बनाउने प्रतिवद्धता उनले गरेकी छन्।
यसअघि भूतपूर्व गोर्खाहरुको संस्था जिगेसाको पनि नेतृत्व गरिसकेकी गुरुङले एनआरएनए यूके महिला सचिव र आइसिसी सदस्यलगायतका जिम्मेवारी पनि निर्वाह गरिसकेकी छन्।
सो अध्यक्षता हस्तान्तरण समारेहका अवसरमा आरजीएनएस पूर्व अध्यक्ष एवम् ग्रीनवीच बरो मेयर जीत रानाभाट,संस्थापक अध्यक्ष कुमार श्रेष्ठ,सल्लाहकार मोहन गुरुङ,जिगेसा अध्यक्ष हरिकुमार मल्ल,तमुधिं साउथ इष्ट आमा समूह अध्यक्ष बिन्दु गुरुङ लगायतले अध्यक्ष गुरुङलाई सफल कार्यकालको शुभकामना दिएका थिए।
सो नेतृत्व हस्तान्तरण कार्यक्रममा सल्लाहकारहरु एलएन पाण्डे,अर्कराज तिम्सिनापण्डित निलहरि घिमिरे, सहदेव गिरी,हरिकुमार मल्ल,सुशिल प्रजापति,प्रकाश कंडेल,कार्यमितिको उपाध्यक्ष मञ्जु भण्डारी र सुरोज मास्के, कोषाध्यक्ष सोनी श्रेष्ठ सदस्य रामकृष्ण अर्याल लगायतको उपस्थिति थियो। सो पदस्थापन कार्यक्रमको सञ्चालन महासचिव ह्यारी गुरुङले गरेका थिए ।
तस्विर- प्रकाश कंडेल