Friday February 14, 2025

प्रभु गुरुङको "पागल भन्छ मलाई’" म्युजिक भिडीयो बजारमा

८ आश्विन, २०८१ शीतलपाटीन्युज डटकम। 1344


प्रभु गुरुङको "पागल भन्छ मलाई’" म्युजिक भिडीयो बजारमा

शीतलपाटीन्युज डटकम।
लन्डन। बेलायतवासी कलाकार प्रभु गुरुङको नयाँ म्युजिक भिडियो बजारमा आएको छ। 


‘पीपीएन प्रोडक्सन यूके’ युट्युब च्यानलबाट शनिबार ‘पागल भन्छ मलाई’ गीतको भिडियो सार्वजनिक गरिएको हो। गणेश श्रेष्ठ दोषी आँसुको शब्द रहेको गीतमा पवन राना मगरले स्वर तथा संगीत भरेका छन्। एरेन्ज/रेकर्डिङ तथा मिक्सिङ सञ्जल भण्डारी बी२ को रहेको छ। 

बेलायतका रमणीय स्थानहरूका दृश्य खिचिएको भिडियोमा रमा लिम्बू र झलक तामाङले अभिनय गरेका छन्।
प्रोड्युसर ऐना राना,सम्पादन पवन सुस्लिङको र कन्सेप्ट तथा निर्देशन प्रभु गुरुङको रहेको छ। 
अत्यन्त मनोरन्जनात्मक भिडियो हेरेर र गीत सुनेर प्रतिक्रिया दिन निर्देशक गुरुङले अनुरोध समेत गरेका छन्।

video-

 



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?