१२ आश्विन, २०८१
शीतलपाटीन्युज डटकम।
पोखरा। आज मिति २०८१ असोज १२ गतेका दिन सहारा यूकेका निवर्तमान अध्यक्ष ले.रि कुसाङ गुरुङ र वहाँको श्रीमति पञ्च गुरुङबाट सहारा फुटबल एकेडेमीको अवलोकन र बालकहरुसँग भेटघाट गर्नु भयो।
सो अवसरमा सहारा पोखराको मानार्थ सदस्य मुछेत्र गुरुङ, वहाँको श्रीमति लक्ष्मी गुरुङ, रामबजार सोसाईटी युकेका पूर्व अध्यक्ष राम गुरुङ,अशोक गुरुङ,सहारा हङकङका सल्लाहकार गंगा गुरुङको उपस्थिति रहेको थियो भने वहाँहरुलाई सहारा क्लब पोखराको तर्फबाट अध्यक्ष केशबराज बरालले खादा र पुष्प गुच्छा प्रदान गरी स्वागत गर्नु भएको थियो।
कार्यक्रममा पूर्व अध्यक्षहरु विक्रम थकाली, विरभद्र आचार्य,केशबबहादुर थापा,सहरा क्लब पोखरा र सहरा एकेडेमी व्यवस्थापन समितिका पदाधिकारी एबं सदस्यहरुको उपस्थितिमा संयुक्त बैठक गरी दुबै तर्फको गतिविधिको आर्दन प्रदान जानकारी गराईएको थियो। सो क्रममा एकेडेमीको सम्वन्धमा जानकारी वरिष्ठ उपाध्यक्ष एवं एकेडेमी संयोजक पूर्णबहादुर गुरुङले गराउनु भएको थियो भने अध्यक्ष केशबराज बरालले उठेका जिज्ञासहरुको जवाफ सहित धन्यवाद मन्तव्य राख्नु भएको थियो।
आजको भेटघाट कार्यक्रमको साथ बालकहरुसँग बसी संयुक्त रुपमा खानपान गरिएको थियो र यसको व्यवस्थापनको सौजन्य सहारा यूकेका निवर्तमान अध्यक्ष ले.रि कुसाङ गुरुङबाट गर्नु भएको थियो। यसका लागि सहारा क्लब पोखरा आदरणिय निवर्तमान अध्यक्ष ले.रि कुसाङ गुरुङप्रति हार्दिक आभार प्रकट गर्दै धन्यबाद ज्ञापन गर्दछौ।