Friday February 14, 2025

दशै मान्न घर जाने नेपालीहरुको लस्कर

२३ आश्विन, २०८१ शीतलपाटीन्युज डटकम। 1366


दशै मान्न घर जाने नेपालीहरुको लस्कर

शीतलपाटीन्युज डटकम।
काठमाडौँ। काठमाडौँ उपत्यकाबाट बडादसैँ मनाउन दैनिक  एक लाखको हाराहारीमा नेपालीहरु आफ्ना घर तर्फ लागेका छन्।

काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका नायब उपरीक्षक रवीन कार्कीका अनुसार  उपत्यकाबाट बाहिरिने चारवटै नाकामा सवारीसाधन र यात्रीको चाप बढेको छ ।

विगत तीन दिनदेखि दैनिक एक लाखको हाराहारीमा यात्री उपत्यकाबाट बाहिरिएका बताउँदै उनले भने,आइतबार र मङ्गलबारको तुलनामा सोमबार र आज यात्रा गर्नेको सङ्ख्या बढेको छ।

काठमाण्डौ प्रबेस पनि बढेको छ भने दैनिक सरदर ३० हजार मानिस राजधानी प्रवेश गरेका छन्। नायब उपरीक्षक कार्कीले बसपार्क,कलङ्की,बल्खु, कोटेश्वर,सीतापाइलामा सवारी र यात्रीको  बढे पनि गत वर्षको दसैँमा जस्तो नाका पार गर्न घण्टौँ प्रतीक्षा गर्नु नपर्ने जानकारी दिए।

हाल अरनिको राजमार्ग, त्रिभुवन राजपथ, पृथ्वी राजमार्ग र दक्षिणकाली–हेटौँडा र कान्ति राजमार्ग भएर यात्रीहरू आफ्ना गन्तव्यतर्फ प्रस्थान गरेका छन्।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?