Friday February 14, 2025

अन्तराष्ट्रिय धादिड्ग समाजको अध्यक्षमा पुन राजन खकुराल

२३ आश्विन, २०८१ शीतलपाटीन्युज डटकम। 1291


अन्तराष्ट्रिय  धादिड्ग समाजको अध्यक्षमा पुन राजन खकुराल

शीतलपाटीन्युज डटकम।
लण्डन। अन्तराष्ट्रिय धादिङ समाजको अध्यक्षमा पुनःराजन खकुराल युकेबाटचयन हुनु भएको छ । मंगलबार सदरमुकाम धादिङबेसी स्थित क्रिक रिसोर्टमा भएको समाजको तेस्रो महाधिवेशनले अध्यक्षमा पुनःखकुराललाई चयन गरेको हो।

पुर्नगठित समाजमा वरिष्ठ उपाध्यक्षमा दिनेश तामाङ (नेपाल),उपाध्यक्षमा सविन थपलिया (अस्ट्रेलिया),खुल्ला उपाध्यक्षमा राजेन्द्र श्रेष्ठ (जापान),बद्री खतिवडा(अमेरीका) चयन हुनु भएको छ ।


यस्तै महासचिवमा बाबुकाजी भण्डारी(जापान),सचिवमा राजेन्द्र थपलिया (द.कोरिया), सचिवमा कल्याण विक्रम कार्की (अष्ट्रेलिया), कोषाध्यक्षमा रामकुमार थापा (नेपाल),सह कोषाध्यक्षमा सोमनाथ कडेंल (कतार) चयन हुनुभएको छ। यसैगरी सदस्यहरुमा दिपक तिमिल्सिना (युके),पारस भण्डारी(अस्ट्रेलिया),विनोद उप्रेती(अस्ट्रेलिया),कमल दुवाडी(अमेरीका),छन्द प्रसाद सिलवाल (भारत) चयन हुनुभएको छ। समाजका अनुसार १ जना महिला उपाध्यक्ष,महिला सविच, प्रवक्ता र ४ जना सदस्य मनोनियत गरिने छ। 

महाधिवेशनको नेपाल सरकारका कृषी तथा पशुपंन्छी विकास मन्त्री रामनाथ अधिकारीले उद्घाटन गर्नुभएको थियो। कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री अधिकारीले विश्वभर छरिएर रहेको धादिङ्गेलीहरुलाई अन्तराष्ट्रिय धादिङ समाजले जोड्नु पर्ने र प्रवासमा रहेका धादिङ्गेलीहरुले जिल्लामा परेका समस्या पहिचान गरी सहयोग गर्नुपर्ने बताउनुभयो।

महाधिवेशनमा विश्वका १४ देशमा रहेका धादिङ्गेलीहरु मध्येबाट एक सय २५ जना भन्दा बढि प्रतिनीधी सहभागी थिए। महाधिवेशनको लागि १४ देशबाट सहभागी भएको र ४ देशबाट प्रतिनिधि नआएको अध्यक्ष खकुरालले बताउनुभयो। भौतीक उपस्थिति जनाउन नसकेका प्रतिनीधिहरु भर्चुअल माध्यमबाट जोडिएको उहाँको भनाई छ। अन्तराष्ट्रिय धादिङ समाजको १८ देशमा राष्ट्रिय समन्वय परिषदको शाखा विस्तार भएको छ।२०७४ साल असोज १६ धादिङबेसीमा भुवन गुरुङ संयोजकत्वमा सम्पन्न पहिलो भेलाले अन्तराष्ट्रिय धादिङ समाज तदर्थ समिति गठन गर्ने निर्णय गरेको थियो जस अनुरुप ०७४ असोज ३१ (अक्टोबर १७) मा धादिङबेसीमा सम्पन्न भेलाले नानुकाजी अर्याल अध्यक्ष रहेको तदर्थ समिति बनेको थियो।

त्यसपछि अन्तर्राष्ट्रिय धादिङ समाजको विश्व भेला तथा प्रथम अधिवेशन २०७६ असोज २७ गते काठमाडौमा सम्पन्न भएको थियो। उक्त अधिबेशनबाट अध्यक्षमा पुनः नानुकाजी श्रेष्ठ चयन हुनुभएको थियो भने तेस्रो कार्यकालको लागि २०७८ असोज २४ गते भएको दोस्रो अधिवेशनमा अध्यक्षमा राजन खकुराल चयन भएको हुनुभएको थियो।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?