२७ आश्विन, २०८१
शीतलपाटीन्युज डटकम।
लण्डन। लोकप्रिय लोक तथा दोहोरी गायक चोलेन्द्र पौडेल आफ्नो ३ महिना ४ दिनको बेलायतको सांगीतिक भ्रमण सकेर भर्खरै नेपाल फर्केका छन्। गायक पौडेलले बेलायत छदा दुई दर्जनभन्दा बढी कार्यक्रममा आफ्नो प्रस्तुति राखेका थिए।
गायक पौडेललाई उनको आफ्नो मीत बा को छोरी बहिनी कल्पना गुरुङ र ज्वाइँ मनकुमार काउछाले सुनको बेरुवा औंठि एव खादा लगाएर बिदाई गरेका थिए। गायक पौडेल बेलायत बसुन्जेल आफ्नै बहिनि कल्पना गुरुड्ग र ज्वाई संग बसेका थिए। लोकदोहोरी गायक चोलेन्द्र पौडेलको बुवा स्व.लेखनाथ पौडेल र कल्पना गुरुङको बुवा स्व.सिताराम गुरुङले सानै उमेरमा मितेरी साईनो लगाउनु भएको थियो।
साथै गायक पौडेलका लागि २९ सेप्टेम्बरका दिन बहिनिज्वाईको संयोजनमा राखिएको बिदाई कार्यक्रममा पाल्नु भएका सम्पुर्ण सघं संस्था एव ब्यक्ति विशेषलाई लाई गायक चोलेन्द्र पौडेल एव बहिनिज्वाई कल्पना गुरुङ र मन कुमार काउछाले धन्यवाद एवं आभार व्यक्त गर्नु भएको थियो।
गायक पौडेल लण्डनमा चर्चित नेपाल ब्रिटेन डटकमको निमन्त्रणामा सास्कृतिक कार्यक्रम पस्कन बेलायत आउनु भएको थियो।