Monday February 10, 2025

बेल्जियममा दुई गैरआवासीय नेपाली स्थानिय निर्वाचनमा निर्वाचित

२८ आश्विन, २०८१ शीतलपाटीन्युज डटकम। 1266


बेल्जियममा दुई गैरआवासीय नेपाली स्थानिय निर्वाचनमा निर्वाचित

शीतलपाटीन्युज डटकम।
लण्डन। आइतबार बेल्जियममा भएको स्थानीय निर्वाचनमा दुई जना गैरआवासीय नेपालीहरू निर्वाचित भएका छन्।


विभिन्न नगरपालिका, जिल्ला, र क्षेत्रहरूमा फरक-फरक पार्टीबाट नेपाली मूलका ११ जना उम्मेदवारहरू मध्ये लुभेन क्षेत्रमा समाजवादी भोअइत पार्टीबाट सूर्य ढकाल र ब्रुजमा सिडिएनभे पार्टीबाट प्रज्ञा तिमल्सिना विजयी भएका हुन्। २५ वर्षीया युवा उम्मेदवार तिमल्सिना कास्की जिल्लाबाट बेल्जियम पुगेकी हुन्।
स्थानीय पत्रकार केजीन राईका अनुसार, बेल्जियमको इतिहासमै पहिलो पटक नेपाली समुदायका प्रतिनिधिहरू निर्वाचनमार्फत स्थानीय सरकारमा प्रवेश गरेका हुन्।
गैरआवासीय नेपाली संघ बेल्जियमका पूर्वअध्यक्ष गंगाधर गौतमले स्थानीय निर्वाचनमा नेपाली उम्मेदवार विजयी भएपछि नेपाली समुदायले थप फड्को मारेको र यो एक सुखद क्षण भएको बताएका छन्। उनले नेपाली मूलका उम्मेदवारको विजयले नेपाली समुदाय उत्साहित भएको पनि बताए।
नेपाली उम्मेदवार भएका अधिकांश क्षेत्रमा, नेपाली उम्मेदवारहरूबीच नै प्रतिस्पर्धा हुँदा नेपाली मतदाताहरूलाई कसलाई मत दिने भन्नेमा अलमल भएको थियो।
साभार-नेपालब्रिटेन डटकम।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?