Friday February 07, 2025

अजय राई अन्तर्राष्ट्रिय ट्रेड युनियनमा निर्वाचित

१ कार्तिक, २०८१ शीतलपाटीन्युज डटकम। 1245


अजय राई अन्तर्राष्ट्रिय ट्रेड युनियनमा निर्वाचित

GNNNEWS-
मोरक्को । इन्टरनेशनल ट्रान्सपोर्ट वर्कर्स फेडरेशन ४६ औं विश्व कंग्रेसको इलेक्टोरल बैठकले अजय कुमार राईलाई विश्व कार्य समिति सदस्य पदमा पुनः निर्वाचित गरेको छ।
 अक्टोबर १३ बाट शुरु भएको  फेडरेशनको बैठकले राईलाई आगामी पाँच वर्ष अर्थात सन २०२९ सम्मका लागि निर्वाचित गरेको हो। विश्व स्तरमा यातायाततर्फको ट्रेड  युनियन क्षेत्रमा क्रियाशील १२८ वर्ष पुरानो उक्त संस्थाले नेपाल ट्रेड  युनियन कांग्रेसका महासचिव राईलाई पुनः निर्वाचित गरेको हो।
 फेडेरेशनको सन् २०१८ मा सिंगापुरमा सम्पन्न विश्व कांग्रेसमा  पहिलो पटक नेपालबाट राई नै विश्व कार्य समिति सदस्यमा निर्वाचित भएका थिए।
 लण्डनमा मुख्यालय रहेको फेडरेशनको १४९ देशमा सन्जाल छ। करीब दुई करोड सदस्य रहेको फेडरेशनमा नागरिक उडडयन,पानी जहाज,रेल्वे,सडक,बन्दरगाह,पर्यटन,शहरी यातायात गरि नौ क्षेत्रका श्रमिकहरु समावेश छन्।
 
विश्वभरका ७५० भन्दा बढी श्रमिक संगठनहरु यस फेडरेशनसंग आबद्ध रहेका छन्। फेडरेशनले यातायात क्षेत्रका श्रमिकहरुको लागि विश्वस्तरमा अन्तरराष्ट्रिय श्रमिक संगठन (आईएलओ), आईकाओ जस्ता संस्थाहरुसंग सहकार्य गर्दै  अन्तरराष्ट्रिय कानुन बनाउने,श्रमिक हक अधिकारका लागि गतिविधिहरु सन्चालन गर्दै यातायात श्रमिक संगठनहरुलाई सशक्त बनाउने काम गर्दै आएको छ।
 
करिब ३२ वर्षदेखि नेपालको श्रमिक आन्दोलनमा क्रियाशील राई नेपाल यातायात मजदुर संघका प्रमुख सल्लाहकार समेत हुन् ।
अनौपचारिक क्षेत्रको श्रमिक युनियन नेपाल यातायात मजदुर संघको तीन कार्यकाल अर्थात १५ वर्ष अध्यक्ष रही राईले सो युनियनको नेतृत्व गरिसकेका  छन् । 

अनौपचारिक क्षेत्रबाट आफ्नो ट्रेड युनियन राजनीति शुरु गरेका राईले पटक पटक विश्वस्तरमा पाइला राख्नु नेपाली श्रमिक आन्दोलनको उपलब्धिको  रुपमा लिनुपर्ने नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले जनाए।
 
विश्वभरबाट करिब दुई हजार श्रमिक नेताहरु समावेश रहेको अक्टोबर १३ बाट शुरु भएको प्रत्येक पाँच वर्षमा हुने ४६औं विश्व कंग्रेसको समापन भने अक्टोबर १९ मा हुनेछ। त्यस्तै आगामी पाँच वर्षका लागि ब्रिटिस मूलका स्टिफन कटन तेस्रो अवधिका लागि महासचिवमा सर्वसम्मत निर्वाचित भएका छन्  भने निर्वाचित विश्व कार्य समिति सदस्यहरुले अक्टोबर १९ मा अध्यक्षको चयन गर्नेछन्।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?