Friday February 07, 2025

ग्रेटर रसमोर नेपाली कम्युनिटी युकेको अल्डरसटमा कार्यालय उदघाटन

३ कार्तिक, २०८१ शीतलपाटीन्युज डटकम। 1298


ग्रेटर रसमोर नेपाली कम्युनिटी युकेको अल्डरसटमा कार्यालय उदघाटन

शीतलपाटीन्युज डटकम।
लन्डन। नेपालीहरुको घनाबस्ती र नेपाली राजधानी मानिने भिक्टोरिया रोड अल्डरसटमा ग्रेटर रसमूर नेप्लिज कम्युनिटी यूकेको नयाँ कार्यालय भब्य उपस्थितीका साथ उद्घाटन भएको छ। 

१९ अक्टोबर २०२४ मा एक समारोह बीच स्थानिय सांसद एलेक्स बेकर,रसमूर बोरो काउन्सिलका मेयर काउन्सिलर मारा कामुनारा र नेपाली कम्युनिटीका अध्यक्ष मान गुरुङले रिबन काटेर उद्घाटन गरीएको थियो। 


ग्रेटर रसमोर नेपाली कम्युनिटीका अध्यक्ष मान गुरुङको सभापतित्वमा भएको सो उदघाटन कार्यक्रम शिव मन्दिरका पण्डित र बौध्द गुम्बा युकेका लामागुरुले स्वस्ति वाचन गरेका थिए। 


सचिव सुनिल रानाले  सञ्चालन गरेको सो कार्यक्रममा स्वास्थ्य र सुरक्षाबारे जानकारी गराएको थियो।महासचिव सुशीला थापाले पावर प्वाइन्ट प्रेजेन्टेसन संस्थाबारे जानकारी गराएकी थिइन् भने स्वागत मन्तव्य उपाध्यक्ष विशाल गुरुङले राखेका थिए। 

कार्यक्रममा स्थानिय सांसद एलेक्स बेकर,रसमूर बोरो काउन्सिलका मेयर काउन्सिलर मारा कामुनारा,काउन्सील लिडर काउन्सिलर ग्यारेथ विलियम्सले शुभकामना मन्तव्य राखेका थिए।कार्यक्रममा उपस्थित सबैलाई अध्यक्ष गुरुङले धन्यवाद दिँदै कार्यक्रम समापन गरेका थिए।


ग्रेटर रसमोर नेपाली कम्युनिटीले भिक्टोरिया रोडमा भाडाको भवनमा नयाँ कार्यालय सञ्चालनमा ल्याएको हो। रसमूर बरो काउन्सिलभित्र बसोबास गर्ने नेपालीहरूलाई संगठित गर्ने र सरल रुपमा सेवा पुर्याउने उद्देश्यले सन् २००३ मा जीआरएनसीको स्थापना भएको हो।

स्थानिय सासंद,मेयर,काउन्सील लिडर,कन्ट्री काउन्सीलर एलेक्स क्राउफोर्ड, नेपाली काउन्सीलर धन बहादुर सार्की,डिपुटी लिडर सोफिया,उपस्थित कार्यक्रममा ग्रेटर रसमोर नेपाली कम्युनिटीका पुर्व अध्यक्षहरु, सल्लाहाकारहरु,उपाध्यक्षहरु,कार्यसमिती पदाधिकारीहरु,शुभचिन्तकहरु,स्थानिय समाजसेबीहरु,गोर्खा मिडीयाका डाइरेक्टर मीलन तमु गुरुड्ग,शीतलपाटीन्युजका सम्पादक बाचस्पति रेग्मी,नेपालसमाचारकी गोमा रानाको समेत उपस्थिती रहेको थियो।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?