५ कार्तिक, २०८१
शीतलपाटीन्युज डटकम।
लन्डन। गोर्खा मिडिया यूकेले संचालनको छोटो समयमै लोकप्रियता हासिल गर्दै बिभीन्न लोकप्रिय कार्यक्रम प्रस्तुत गर्दै चौथो वार्षिकोत्सव मनाएको छ। आइतबार २० अक्टोबर २०२४ का दिन अल्डरसटस्थित द प्यालेस रेस्टुरेन्टमा एउटा विशेष समारोहको आयोजना गरी गोर्खा मिडियाको चौथो वार्षिकोत्सव मनाएको हो।
नेपाल पत्रकार महासंघ बेलायतकी अध्यक्ष विमला सेने प्रमुख अतिथि रहेको सो कार्यक्रम गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमुको सभापतित्वमा भएको थियो।
हेल्थ एण्ड सेफ्टी ब्रिफिड्ग गर्दै गोरखा मिडियाका सह सम्पादक प्रकास गुरुड्गले संचालन गरेको सो कार्यक्रममा प्रमुख अतिथि बिमला सेने,प्रबन्ध निर्देशक मीलन तमु गुरुड्गले पानसमा बत्ती बालेर उद्घाटन गरेका थिए। गुरुङले सञ्चालन गरेको कार्यक्रममा गोरखा मिडियाका सल्लाहकार तथा तमु समाज यूकेका संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ र सल्लाहाकार एकेन्द्र गुरुड्गले स्वागत मन्तव्य राख्नु भएको थियो।
उक्त अवसरमा विभिन्न क्षेत्रबाट समाजलाई योगदान पुर्याउने ६ जना समाजसेवी तथा प्रेरक व्यक्तित्वहरूलाई खादा,दोसल्ला,मायाको चिनो, नगद र प्रमाणपत्रले सम्मान गरिएको थियो।
कर्मभूमि बेलायतमा रहेका तमु धीं यूकेका अध्यक्ष तथा समाजसेवी हरि गुरुङ,तमु समाज यूकेका निवर्तमान अध्यक्ष तथा समाजसेवी शिवकुमार गुरुङ,युवा व्यवसायी धन तामाङ र मिस यूके नेपाल २०१७ की उपाधि विजेता सिर्जना गुरुङलाई सम्मान गरिएको थियो।
यस्तै नेपालमा रहेका दुई जना वरिष्ठ कलाकारलाई पनि गोर्खा मिडियाले नगदसहित पुरस्कार दिने घोषणा गरेको छ। लोकगायिका लमजुङकी मायादेवी थापा गुरुङ र कास्कीका अभिनेता गमबहादुर गुरुङ जनही १५ हजार रुपैयाँ प्रदान गरिने भएको हो। उनीहरु नेपालमा रहेकाले निकट समयमै अर्को कार्यक्रम मार्फत सम्मान प्रदान गरिने गोर्खा मिडियाका डारेक्टर गुरुड्ग जनाउनु भएको थियो।
कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल पत्रकार महासंघ यूकेका अध्यक्ष विमला सेनेले पत्रकारहरूले संवेदनशील भएर समाचार सम्प्रेषण गर्न परिरहेको अवस्थामा गोर्खा मिडियाले छोटो समयमा नै बेलायतमा देखि संसारभरका नेपालीमाझ छुट्टै पहिचान बनाउन सफल भएको बताउनु भयको थियो।
गोर्खा मिडियाले गरेको प्रगति बेलायतवासी नेपाली समुदायको पनि प्रगति भएको सम्मानित व्यक्तित्व तथा तमु धीं यूकेका अध्यक्ष हरि गुरुङले बताउनु भयको थियो। गोर्खा मिडियाले अझै ठूलो सफलताका साथ सयौँ वार्षिकोत्सव मनाओस भन्दै उहाले कामना गर्नु भएको थियो। सम्मानित व्यक्तित्व तमु समाज यूकेका निवर्तमान अध्यक्ष शिवकुमार गुरुङले गोर्खा मिडियाले दिएको सम्मान आफ्ना लागि ठूलो रहेको र घरको उच्च स्थानमा सजाएर राख्ने बताउनु भयो।
सम्मानित व्यक्तित्वहरू धन तामाङ र सिर्जना गुरुङले पनि गोर्खा मिडियाले दिएको सम्मानले आफूलाई झन् राम्रो काम गर्ने हौसला मिलेको बताउनु भएको थियो। अन्य विभिन्न क्षेत्रका व्यक्तित्वहरूले पनि संबोधन गर्दै गोर्खा मिडियाको सफलता र प्रगतिको कामना गर्नु भयको थियो।
गोर्खा मिडीयाका शुभचिन्तकहरुले खचाखच भरिएको कार्यक्रममा उपस्थित सबैलाई मायाको चिनो प्रदान गरीएको सो कार्यक्रम प्रबन्ध निर्देशक मिलन तमुले सबैलाई धन्यवाद दिँदै कार्यक्रम समापन गर्नु भएको थियो।