७ कार्तिक, २०८१
शीतलपाटीन्युज डटकम
अष्ट्रेलिया। सहारा क्लब अष्ट्रेलियाको साधारणसभा एवं विशेष अधिवेशनले सिद्धार्थ पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ। संस्थापक अध्यक्ष राजमान थकालीको हालै असामयिक निधनसँगै पद रिक्त रहेको थियो।
सहारा क्लब पोखराका पूर्वसदस्यसमेत रहेका सिद्धार्थ पौडेल पोखरा बाघमाराका हुन्। समिति उपाध्यक्षमा सन्तोष पाण्डे र पुस्कल थकाली चुनिएका छन। सचिवमा जेसिका तामाङ, सहसचिवमा अनन्त गुरुङ, कोषाध्यक्ष कल्याण खड्का र सहकोषाध्यक्ष गौरव बराल चयन भएका छन। कार्यसमिति सदस्यमा नीराजन श्रेष्ठ,रजनी गुरुङ,सूर्य खनाल र ईश्वर पहारी छन् । प्रवक्तामा मदन कोइराला र सहप्रवक्तामा अवानी पौडेल चुनिए।
तास्मेनिया ज्ञानेन्द्र गौतम,पर्थ कोअर्डिनेटर सुवास श्रेष्ठ, भिकटेारीया सज्जन शर्मा, क्विनलाईन रेामन शाही चयन भएका छन।
नवनिर्वाचित अध्यक्ष सिद्धार्थ पौडेलले सहारा अष्ट्रेलिया कपलाई निरन्तरता दिने तथा क्लबका राम्रा कार्यलाई अघि बढाउने प्रतिबद्धता जनाएका छन। उनले सहारा क्लब अष्ट्रेलियालाई सिड्नीमात्र नभई अष्ट्रेलियाभर बिस्तार गर्ने योजना सुनाएका छन्। सहारा क्लब पोखराका विदेश शाखामध्ये अष्टेलिया पनि एक हो।
सहाराको बिदेश शाखा मध्ये सहारा हङकङ र सहारा युके बिस्तार भै सकेको छ। फुटबलमार्फत सामाजिक सेवामा सक्रिय सहारा क्लब पोखराले सहारा फुटबल एकेडेमी एकेडेमी संचालन गरी आर्थिक स्थिति कमजोर तथा कठिन परिस्थितिका बालकहरुलाई आवासीय सुविधासहित शिक्षा,दीक्षा,स्वास्थ्य र फुटबल प्रशिक्षण दिँदै आएको छ।