Saturday February 08, 2025

२४ औं संस्करणको आहारारा गोल्डकप पोखरा रंगशालामा माघ २२ देखि

७ कार्तिक, २०८१ शीतलपाटीन्युज डटकम। 1289


२४ औं संस्करणको आहारारा गोल्डकप पोखरा रंगशालामा माघ २२ देखि

शीतलपाटीन्युज डटकम।
पोखरा । २४ औं सस्करणको आहा ! रारा पोखरा गोल्डकप माघ २२ गते देखि सुरू हुने भएको छ ।

सहारा क्लब पोखराको आयोजनामा हुने मोफसलको चर्चित फुटबल प्रतियोगिता आयोजना गर्न माघ २२ गते देखि सुरू गर्न अखिल नेपाल फुटबल संघ (एन्फा)ले स्विकृत दिएको हो ।

फागुन ३ गते शनिबार सम्म आयोजना हुने आहा ! रारा पोखरा गोल्डकपमा आयोजक सहारा क्लब,राष्ट्रिय ‘ए’ डिभिजनका क्लबहरु, विभागिय टोली नेपाल आर्मी क्लब,नेपाल पुलिस क्लब, शसस्त्र प्रहरीको एपिएफ क्लब लगायत विदेशी क्लबहरुको सहभागिता हुँदे आएको छ ।

गत २३ औं सस्करणमा नेपाल आर्मीले थ्रिस्टार क्लबलाई पारजित गर्दै उपाधि जितेको थियो। २३ औं सस्करण माघ ९ देखि २० गते सम्म सञ्चालन भएको थियो। आहा ! रारा पोखरा गोल्डकप नेपाली फुटबल इतिहासमा निरन्तर सञ्चालन हुने प्रतियोगिता मध्येको एक हो।

साभार-पोखरा स्पोर्टस ।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?